गुगल प्लास बन्द हुने पाँच करोड २५ लाखको सुचना चोरियो

यादव राज जोशी २०७५ मंसिर २४ गते २२:२७ मा प्रकाशित

गुगलले सोसियल नेटवर्क साईट गुगल प्लास बन्द गर्ने घोषणा सोमबार गरेको छ । गुगल प्लासमा दोस्रोपटक प्राविधीक कमजोरी देखिएकोले साईट बन्द गर्न लागिएको हो ।

गुगलले जारीगरेको विज्ञप्तिमा पाँच करोड २५ लाख प्रयोगकर्ताको सुचना चुहिने गरी सुरक्षा प्रणालीमा समस्या देखिएपछि पूर्व घोषित तालिकाभन्दा अगाडि गुगल प्लास बन्द गर्न लागिएको गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाईले बताएका छन् । गत मार्चमा पनि करिव एक करोड मानिसको व्यक्तिगत सुचना चुहिने गरी गुगल प्लासको सुरक्षा प्रणालीमा समस्या देखिएको थियो । तर, गुगलले उक्त जानकारी अक्टोबरमा मात्र सार्वजनिक गरेको थियो ।

गुगलका अनुसार सुरक्षा प्रणालीमा देखिएको समस्याका कारण बाहिर व्यक्तिले प्रयोगकर्ताको युजर नेम, इमेल ठेगाना, पेसा, लिंग र उमेरका बारेमा जानकारी लिन सकेका छन, तर फोन नम्बर, म्यासेज, गुगल प्लासमा भएका पोस्ट र अन्य तथ्यांक भने सुरक्षित छन् ।

गुगलको यो निर्णय प्रयोगकर्ताृको सुचना संरक्षणमा गुगलको असावधानी विरुद्ध हायस अफ रिप्रिजेन्टेटीभको न्यायिक समितिले प्रमुख कार्यकारी सुन्दर पिचाईसंग सोधपुछ गर्नु ठिक अगाडि आएको हो ।

स्रोतः एजेन्सीहरु

प्रतिक्रिया