विष्णु माझी र केशर लामाको मर्म स्पर्शी स्वरमा आयो अन्तिम (भिडियो सहित)

इनेप्लिज २०७५ मंसिर २३ गते १७:४९ मा प्रकाशित

काठमाडौं । आफुलाई मन परेको मान्छे हुनु पर्छ जहिले पनि भेटी रहन मन लाग्छ । आफुले कुनै राम्रो काम गर्नु पर्छ अरुलाई देखाउँन मन लाग्छ । अझ कसैसँग चित्त दुख्यो भने आफु मरेर चित्त दुखाउँने मान्छेलाई देखाउँन मन लाग्छ । यस्तै एकले अर्कालाई आफ्नो मृत्यु समेत देखाउँने गरी सिता धमला र आशिर प्रतापले एकले अर्कालाई बोलाएका छन् । यि दुई जना युवा युवतीले एकले अर्कालाई अन्तिम चोटी बोलाएका हुन् तर वास्तवमै आफ्नो मृत्यु देखाउँन नभई एक दोहोरी गीतको भिडियोमा अभिनय मार्फत यस्तो आग्रह गरेका हुन् । अनि उनीहरुलाई यो संयोग जुराई दिएको हो शिरबन्दी डिजिटल मार्फत सार्वजनिक भएको गीत “अन्तिम चोटी”ले ।

हुन त नेपाली लोक साँगीतिक क्षेत्रमा चिर परिचित नाम हो केशर लामा । उनको शब्द तथा संगीतमा धेरै नै गीत श्रृजनाहरु बजारमा आएका छन् । मानवीय जीवनका यथार्थतालाई मौलिक तरिकाले शब्दमाला बनाउँने र शब्दको मर्मलाई बुझेर लयाात्मक श्रृजना गर्न माहिर उनै केशर लामाले पछिल्लो पटक सिता धमलाको शब्दमा मार्मिक लय भरेका छन् भने यस गीतको प्रस्तुतकर्ता सिता धमला नै रहेकी छिन् ।

केशर लामा र विष्णु माझीको स्वर रहेको यस गीतको भिडियोमा आशिर प्रताप जंग, सिता धमला तथा एञ्जिला वाईबा तामाङले अभिनय गरेका छन् । करण चैसिरको छायाँकनमा दीपेन्द्र तिमल्सिनाले निर्देशन गरेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् भने यसको बजार व्यवस्थापन शिरबन्दी डिजिटलले गरेको हो ।

थाहा पाउँन हेर्नुहोस् यो भिडियो :

प्रतिक्रिया