रूस–नेपाल सहयोग तथा मैत्री समाजको ५५–नौ. वर्षान्त समारोह

कृष्णप्रकाश श्रेष्ठ २०७५ मंसिर २३ गते १६:२० मा प्रकाशित

मास्को, ७ हिसेम्बर २०१८ (शुक्रवार) । रूस महासंघको राजधानीमा रूस–नेपाल सहयोग तथा मैत्री समाजको ५५–औ. वर्षान्त समारोह भव्यताका साथ सुसम्पन्न भएको छ । त्यसमा मैत्री समाजका सदस्यहरूका अतिरिक्त रूसी लेखककवि, कलाकार, पत्रकार र गण्यमान्य व्यक्तिहरू लगायत विभिन्न संघसंस्था र निकायका प्रतिनिधिहरूका साथै रूसमा रहेका नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको पनि बाक्लो उपस्थिति रहेको थियो भने रूसका लागि नेपाली राजदूत ऋषिराम घिमिरे प्रमुख अतिथि तथा रूस महासंघको परराष्ट्र मन्त्रालयको द्वितीय एशिया विभागका उपनिर्देशक दानिला भिक्तोरोभिच गानिच विशिष्ट अतिथिको रूपमा निम्त्याइनु भएको थियो ।

रूस–नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष सेर्गेइ मिखाइलोभिच नेक्रासोभले समारोहमा उपस्थित सम्पूर्ण महानुभावहरूको स्वागत गर्दै विगत ५५ वर्षदेखि जनस्तरमा रूस तथा नेपालबीच सम्बन्ध विकासमा गहकिलो योगदान पु¥याउँदै आएर्को यस सामाजिक संस्थाको क्रियाकलापबारे संक्षेपमा प्रकाश पार्दै विगत ३ वर्षको अवधिमा नेपाल–रूस दौत्य सम्बन्ध स्थापनाको ६० वर्ष मनाउने क्रममा नेपालको राजधानीस्थित रूसी विज्ञान तथा संस्कृति केन्द्रको प्राङ्गणमा रूसी महाकवि अलेक्सान्द्र पुश्किनको प्रतिमा स्थापना तथा केही दिनअघि मात्र नगरकोटमा दागेस्तानी जनकवि रासुल हाम्जातोभको आवक्ष प्रतिमाको अनावरण गरिएको उल्लेख गर्नुका साथै बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा रूसको बौद्धविहार निर्माण गर्ने भव्य योजना साकार गर्ने दिशामा कार्य भइरहेको र त्ष्यहाँ सेन्ट–पिटर्सबर्गमा जारकालीन अवस्थामै निर्माण गरिएको यूरोपकै पहिलो बौद्धविहारको अनुृकृतिस्वरूप विहार बनाइने पनि सूचित गर्नुभयो ।


भव्य समारोहको पूर्ववेलामा रूस–नेपाल सहयोग तथा मैत्री समाजको कार्य–विवरण तथा निर्वाचनसम्बन्धी व्यापक सम्मेलन सम्पन्न भई १३ सदस्यीय नयाँ कार्यकारिणी समिति, १२ सदस्यीय संरक्षक परिषद् र ४ सदस्यीय लेखापरीक्षण समितिको निर्वाचन सुसम्पन्न भएको थियो । कार्यकारिणी समितिमा ः सेर्गेइ नेक्रासोभ अध्यक्ष, अलेक्सान्द्र सोलोभ्योभ यथावत् मानार्थ अध्यक्ष, उपाध्यक्षमा भ्लादिमिर फेदोतोभ, डा. बद्री के.सी., दीनानाथ राजभण्डारी, उपाध्यक्ष–सचिवमा बोरिस भेर्शिनिन र सदस्यहरूमा नेल्ली स्तेपानोभा, सपिला राजभण्डारी, नाताल्या गुबिना, ताच्याना उबुशाएभा, बुलात चिम्बाएभ, शिवमणि भुत्र्याल र भिक्टर जुएभ ।

दुइपटक सोभियत संघवीर अन्तरिक्षयात्री भ्ािदिमिर जानिबेकोभको अध्यक्षतामा संरक्षण समितिको उपाध्यक्षमा एभ्गेनी कोजोरेजोभ, सेर्गेइ भेलिच्किन, डा. मणिराज पोखरेल, डा. ऋषिकान्त मण्डल तथा संरक्षक–सदस्यमा ऋषिराम घिमिरे, भालेरी नाजारोभ, आन्द्रेइ त्रोफिमोभ, डा. भरतराज शर्मा पौडेल, डा. उपेन्द्र महतो, जीवा लामिछने र टेकराज निरौला ।


लेखापरिक्षण समितिमा एल. सिनित्सिना अध्यक्ष, अनि सदस्यमा ताच्याना एगोरोभा, आल्ला नोभिकोभा, डा. एकनारायण चापागाईं ।

रूसका लागि नेपाली राजदूत महामहिम ऋषिराम घिमिरेले आफ्नो मन्तव्यमा रूस–नेपाल सहयोग तथा मैत्री समाजका नवनिर्वाचित पदाधिकारीहरूलाई दुई देशबीच मैत्री विकासको कार्यमा उत्तरोत्तर सफलताको कामना गर्नुभयो र नेपाली रनजदूतावासको सभाकक्षमा मैत्री समारोह सम्पन्न भइरहेकोमा हर्ष प्रकट गर्नुभयोृ । रूस परराष्ट्र मन्त्रलयको द्वितीय एशिया विभागका उपनिर्देशक दानिला गानिचले रूस र नेपालबीच द्विपक्षीय सुमधुर सम्बन्ध कायम रहेको चर्चा गनुभयो । मास्कोमा दागेस्तान गणराज्यको प्रतिनिधित्व गर्ने हाम्जात हाम्जातोभले नेपालमा दागेस्तानी जनकविको प्रतिमा अनावरणमा भाग लिन काठमाडौं पुगेको आप्mनो अनुभव बताउनुभयो । मैत्री कमाजका मानार्थ अध्यक्ष अलेक्सान्द्र सोलोभ्योभले यस संस्थामा आफ्नो सम्बद्धता र क्रियाकलापको छोत्रकरीमा चर्चा गर्नुभयो ।

सन् १९६३ को २२ नोभेम्बरका दिन मास्कोको केन्द्रमा स्थित मैत्री गृहको विशाल सभाकक्ष र बाल्कोनीमा समेत जनसमुदायका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको प्रथम सम्मेलनले सोभियत नेपाल मैत्री समाज स्थापनाको घोषणा गरिएको उल्लासपूर्ण वातावरण देख्ने प्रत्यक्षदर्शी रही विगत ५५ वर्षसम्म नै राजा महेन्द्र र वीरेन्द्रको राजकीय भ्रमणलगायत सबै मैत्री समारोहहरूमा अनुवादकार्य गर्दै आएको यस पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) लाई पनि दुई शब्द बोल्ने सुअवसर प्रदान गरिएको हुँदा रूस–नेपाल सहयोग तथा मैत्री समाजको तत्परतामा नेपालमा रूसी महाकवि अलेक्सान्द्र पुश्किन एवं दागेस्तानी जनकवि रासुल हाम्जातोभको प्रतिमा स्थापना भएको परिप्रेक्ष्यमा नेपालको यात्रा गर्ने प्रथम रूसी विद्वान्, बुद्ध धर्मका अध्येता इभान मिनाएभको प्रतिमा नेपालमा र रूसलाई जीवनको अन्तिम क्षणसम्म पनि सम्झने र दौत्य सम्बन्ध स्थापना हुनुभन्दा ३ वर्ष पहिले समेत गरी सोभियत रूसको दुईपटक यात्रा गर्ने नेपाली महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा रूसमा रहोस् भन्ने आफ्नो सपना पनि कुनै दिन अवश्य साकार होला भन्ने आशासहित हाम्रा दुई देशबीच मित्रता र सहयोगको विकासमा गहकिलो योगदान पु¥याउने यस मैत्री समाजको मुहानमा रहेका विख्यात सोभियत नेपालविद् इल्या रेद्को, प्रथम अध्यक्ष निकोलाई मोखोभ, सोभियत संघको विघटनपश्चात्को जटिल अवस्थामा पनि यस संस्थाको अस्तित्व र साख जोगाइराख्ने द्वितीय अध्यक्ष अन्तरिक्षयात्री युरी मालिशेभ प्रभृतिको योगदानलाई बिर्सन नहुने र उनीहरूको सम्झना चिरस्थायी राख्ने प्रयास हुनु अत्यन्त जरुरी छ भन्ने विषयमा जोड दिएको थिएँ ।

भव्य समारोहको समाप्तिपश्चात् सांस्कृतिक कार्यक्रमअन्तर्गत रूसी, नेपाली र हिन्दीमा समेत रूसी कलाकार तथा नेपाली विद्यार्थीहरूको सहभागितामा बेलावादनसहित शास्त्रीय संगीत, रोमान्स गीत, आधुनिक गीत, नेपाली नृत्य र गीतका साथै फेशन शो पनि प्रस्तुत गरिएका थिए । समारोहका सहभागीहरूको सम्मानमा सन्ध्याभोजको पनि आयोजना गरिएको थियो ।

 

मिति : ८ डिसेम्बर २०१८,
मास्को, रूस महासंघ ।

प्रतिक्रिया