प्रराज र सुजाताको ‘हे गोरी’ सार्वजनिक
बी विगी विजेता कविता नेपालीलाई फिचर गरिएको ‘हे गोरी’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको स्वर रहेको गीतमा पुषकर राज पन्तको शब्द रहेको छ भने संगीत शंकर थापा स्माइलको रहेको छ । भिडियोमा कवितासंगै पुस्कर फिचर्ड छन् । अर्जुन अधिकारीको निर्देशन रहेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने सम्पादन सुशील न्यौपानेको रहेको छ । भिडियो कोरियोग्राफी प्रशान्त तामाङले गरेका हुन् ।
फिल्म ठुलीको निर्माता समेत रहेका पन्तले भिडियोको निर्माण गरेका हुन् । विभिन्न कविता संग्रह समेत सार्वजनिक गरिसकेका पन्तले यस गीत तथा भिडियोबाट आफुले निकै आशा गरेको बताए । त्यस्तै गायक प्रराज र गायिका सुजाता बर्माले क्लव सङ पछिल्लो समय नेपालमा चलिरहेको कारण दर्शकले ‘हे गोरी’ गीत मन पराउने बताए । लभ सङको भिडियो निर्देशनमा बढी रुचाइएका निर्देशक अर्जुन अधिकारी भिडियोको बारेमा भन्छन् , ‘मलाई विशेषत लभ सङको भिडियोमा रुचाइएको छ । तर, मेरो पर्सनल इन्ट्रेस्ट र मन भने यो खालका भिडियो निर्देशनमा छ । प्रयोग गर्न रुचाउने मान्छे हुँ । यो भिडियो अर्को प्रयोग हो मेरालागि आशा छ दर्शकले मनपराइदिनु हुनेछ ।
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया