माताको भविष्यबाणी हिन्दुराष्ट र राजसंस्था नआए सम्म यो मुलुक बन्दै बन्दैन। (भिडियोसहित)
इनेप्लिज
२०७५ मंसिर २१ गते १२:०४ मा प्रकाशित
नेपालका बिभिन्न बिषय र ब्यक्तिका बिषयमा भविश्यबाणी गर्दै आउनु भएकी माता सविता शरु शर्मा आचार्यले नेपालमा राजतन्त्र फर्कीएरै छोड्ने भविश्यवाणी गर्नु भएको छ । नेपालमा बर्तमान सरकार कमजोर बन्दै जादा दलहरुबिचमा विवाद बढ्ने र दलहरु बिचको विवादकै कारण जनताले नै राजा फर्काउने उहाको उद्घोष छ । धनकुटामा जन्मिएर हाल इटहरी घर भएकी माता सविता शरु शर्मा आचार्य हाल काठ्माण्डौ बस्नु हुन्छ । उहाले पूर्व राजा ज्ञानेन्द्र देखि देशका नेता कलाकार पत्रकार आदिको भविश्य बताउदै आउनु भएको छ ।
बर्तमान नेपालको अबस्था संकटमा छ । देशमा हिन्दुराष्ट र राजा नआएसम्म मुलुक बन्दैन अब राजाको अबसर भनेको जनताहरुले गर्दा आउने समय छ । राजा नभए सम्म मुलुक बन्दैन । यो मुलुकलाई राजनीति तथा बिकृतिहरुले संकटमा पार्दै जाने छ । यो गणतन्त्र भनेको छाडातन्त्र हो त्यसकारण मुलुकमा सत्य मानिसलाई बहुत गारो छ । त्यसकारण मुलुकलाई शान्त गराउन राजाको समय बहुत अगाडी आईसकेको छ ।उदारण छ नि एउटा घरमा परिबार मिलेर बस्नु पर्ने कत्ब्य हो तर, सबै एकआपसमा झै झगडा गरेर बसेका छन । यी सबै कुरा शान्त गराउने योग भनेकै राजा र राजसंस्थामा मात्र छ ।
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
पुटिनद्वारा अमेरिकालाई विश्वव्यापी मामिलालाई अस्थिर बनाएको र युक्रेन युद्धलाई लम्ब्याएको आरोप
अमेरिकाको टेनेसीको एक अस्पतालमा गोलीबारी हुँदा कम्तिमा ७ जना घाइते ,अनुसन्धान जारी
कोभिड बिरुद्धको खोप बनाउने फाईजरका प्रमुख कार्यकारी अधिकारी कोरोना सक्रमित
कोलोराडो नेपाली समुदायमा फेरी अर्को दुखःद घटना
प्रतिक्रिया