बाध्यताले छुटने बनायाँै ” भिडियो सहित

इनेप्लिज २०७५ मंसिर २१ गते ४:१५ मा प्रकाशित

जिवनको गोरेटोमा भोगीएका पिडालाई समेटेर तयार पारिएको गीत “बाध्यताले छुटने बनायाँै ” गीतको भिडियो प्रियसी म्युजिक प्राली मार्फत बजारमा आएको छ । आधुनिक गायनको क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका दिपा दोङको आवाजमा सो गीत बजारमा आएको हो ।

जिवनको काल खण्ड सगैँ माया पनि आपसमा रंगीन हुने कुरालाई गीतमा समेटिएको छ । सिपी घिसिङ तामाङको शब्द तथा रोवर्ट छिस्टेलको गीतमा संगीत रहेको छ । प्रेम र विछोडलाई गीतमा आधार बनाइएको छ । दिपक गिरीको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन गीतमा रहेको छ । “बाध्यताले छुटने बनायाँै ” गीतमा सञ्चिता शाही र पुष्कर अर्याल को अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया