राजदूत काण्ड चोरी गर्ने प्रधान देखि तस्कर आरोपित शेर्पा सम्म।

सन्तोष खडेरी २०७५ मंसिर २१ गते ३:५९ मा प्रकाशित

 


अष्ट्रेलियाका लागि बर्तमान नेपाली राजदूत लक्की शेर्पा मात्र होइन यी अन्य केही समेत नियुक्त भएपछी वा नियुक्ति अगावै गम्भीर विवादमा मुछिएका छन् तर यस्ता घटनाबाट नेपालले कहिल्यै पाठ सिक्न जरुरी सम्झेन।

१) सन् १९८८ को क्रीसमसको पूर्वसन्ध्यामा अमेरिकाका लागि तत्कालीन राजदूत विश्व प्रधान एक स्टोरबाट मेडिकल शिक्षा सम्बन्धि दुई पुस्तक चोरी गरेको अभियोगमा त्यहाँ स्थित कोलम्बिया प्रहरी द्वारा गिरफ्तार भए। उनलाई तत्कालीन सरकारले फिर्ता बोलायो र पछि कुनै उनमा भएको कुना बिमारीका कारण त्यस्तो अवस्था आएको बताईयो।

२) सन् २०११ को फेब्रुअरी महिनामा साउदी अरेबियाका लागि एमाले कोटाबाट नियुक्त तत्कालीन नेपाली राजदूत हमिद अन्सारीलाई फिर्ता बोलायो जसले सो समयमा १८ महिनाअघि सडक दुर्घटनामा मृत्यु भएका झापाका रमेश सुवेदीको क्षतिपूर्तिबापतको १ लाख रियाल -२० लाख रुपैयाँ) बारे मन्त्रालय र मृतक परिवारलाई कुनै जानकारी नगराई आफैले मृतक कामदारको क्षतिपूर्ति रकम दुरुपयोगको गरेका थिए। उनै अन्सारीलाई केही समय पहिले उक्त मुद्दामा सम्मानित सर्बोच्च अदालतबाट दोषी ठहर भईसकेका छन्।

३) सन् २०१३ मा कतारका लागि एकीकृत नेकपा माओवादीबाट नियुक्त तत्कालीन नेपाली राजदूत डा. माया कुमारी शर्माले एक टेलिभिजन कार्यक्रम साझासवालमा दिएको कुटनैतिक मर्यादा बिपरितको अभिव्यक्ति ‘खुला जेल’ का कारण कतार सरकारले फिर्ता बोलाउन र फिर्ता नबोलाए आफैले कार्बाही गरि देश निकाला गर्ने नेपाल सरकार समक्ष कुटनैतिक दवाव दिएपछी उनलाई सन् २०१३ को अन्त्य तिर उनलाई नेपाल सरकारले फिर्ता बोलायो जस विरुद्ध उनी सर्बोच्च अदालत सम्म पुगिन तर सर्बोच्चले समेत सरकारको निर्णय सकारेपछि उनी निलम्बनमा परिन।

४) सन् २०१६ मा केपी शर्मा ओली नेतृत्वको तत्कालीन एमाले-एमाओवादी अन्य सम्मिलित संयुक्त सरकारले बिजयकुमार गच्छदारको कोटाबाट मेनपावर व्यावसायि समेत रहिकी र तत्कालीन नेपाल वैदेशिक रोजगार व्यावसायि संघका अध्यक्षकि श्रीमती समेत रहेकी विवादास्पद व्यावसायि शर्मिला पराजुली ढकालालाई ओमनका लागि नेपाली राजदूतमा सिफारिस गर्यो तर नियुक्त नहुँदै उक्त सरकारको बहिर्गमन पश्चात् समेत नयाँ आएको प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादी-कांग्रेस संयुक्त सरकारले उनलाई कायमै राखी नियुक्ति गरे तर दुर्भाग्य संसदीय समिती समेत सिफारिस गर्ने मूल नेतृत्व प्रती बफादार प्रस्तुत भई संसदीय अनुमोदन गर्यो हाल उनी ओमनका लागि नेपाली राजदूतमा बहाल छिन्।

५) सन् २०१६ मा प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादी-कांग्रेस संयुक्त सरकारले एमाओवादी कोटाबाट पूर्व संविधानसभा सदस्य समेत रहेकी लक्की शेर्पालाई अष्ट्रेलियाका नेपाली राजदूतमा नियुक्त भईन हालै उनी मानव तस्करी जस्तो गम्भीर मुद्दामा मुछिएकी छिन् जसबारे सरकारले सूक्ष्म अनुसन्धान अगाडी बढाएको छ ।

सिफारिसका अन्य केही थप विवादित।

६) सन् २०१६ मा प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादी-कांग्रेस संयुक्त सरकारले कांग्रेसको कोटाबाट संयुक्त अरव इमिरेट्स (युएई) का लागि मेनपावर व्यावसायि समेत रहिकी विवादास्पद व्यावसायि आशा लामालाई राजदूत सिफारिस गर्यो तर त्यसको चौतर्फी विरोध पछि सरकारले सिफारिस फिर्ता लियो। पछि उनै आशाले सार्वजनिक रुपमा आफूले रकम दिएको सम्म स्वीकार गरिन तर भ्रष्टाचारको आहलमा चुर्लुम्म डुबेको नेपालको राज्य संरचनाका संसद , दल र सरकारले आवश्यक छानवीन गर्न आवश्यक सम्झेन।

७) बर्तमान सरकारले संवैधानिक निकायका पदाधिकारी रहिसकेका पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको जानकारी स्वयं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सार्वजनिक गरे तर संवैधानिक निकायका पदाधिकारीहरुलाई राजदूत सिफारिस संविधान प्रतिकूल हुने चौतर्फी विरोध पछि उनको प्रक्रिया अगाडी नबढाई भारतका लागि निलाम्बर आचार्यलाई सिफारिस गरियो त्यस्तै प्रधानमन्त्री ओलीकै परिवारिक नाता भित्र रहेकी अंजना शाक्यलाई इजरायलका लागि गरेको सिफारिस समेत संसदीय सुनुवाई पर्खिरहंदा शाक्यको हकमा भने विवादित छ।

केही राजदूतहरु राजदूतमा वहाल रहँदा नै सम्बन्धित मुलुकमा शरण समेत लिएर त्यहीँ बसे उनी सार्वभौम राष्ट्र नेपालको राजदूत भन्दा शरणार्थी भएर बस्न रुचाए त्यस्तो निर्लज्जता प्रदर्सन गर्ने कुटनितीज्ञ भने पूर्व राजदूत मुरारीराज शर्मा हुन त्यस्तै दुई राजदूतहरु आफ्नो कार्यकालको बाँकी अवधी कायम रहँदा समेत राजिनामा गरि राष्ट्रसंघीय जागिरे भए। यी घटनाबाट पुष्टि हुन्छ मुलुकको राजदूत नियुक्तिको स्पष्ट मापदण्ड के छ साथै किन आफ्नै जिम्मेवारी निर्वाह गर्न सक्दैनन् त्यो जिम्मेवारी भन्ने यसको एउटै सहज आम निष्कर्ष हो ‘ओजनको पदमा हलुका ब्यक्तिको नियुक्ति’ । अब पनि पाठ नसिके कता जाला नेपालको कुटनैतिक भबिष्य?

प्रतिक्रिया