अन्जु श्रेष्ठको शब्द मा आँखा बन्द गित सार्बजनिक (भिंडियों सहित)

इनेप्लिज २०७५ मंसिर २१ गते ३:४८ मा प्रकाशित

गायक राज सागरको आधुनिक गीत ‘आँखा बन्द’ सार्वजनिक भएको छ । गायिका अन्जु श्रेष्ठको शब्द र गायक राज सागरकै संगीत रहेको ”आँखा बन्द बुधबार राजधानीको किङ्स वय गार्डेन मा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो ।

केहि बर्ष यता नेपाली संगीतमा सहकार्य गरिरहेको राज सागर र अन्जु श्रेष्ठको जोडिले आफ्नै अभिनयमा ‘आँखा बन्द’ गीत भिडियो सहित सार्वजनिक गरेको हो जसलाई पासाङ योञ्जन लामाले निर्देशन गरेका हुन् भने भिडियोमा सन्जीत श्रेष्ठको छायाँकन,सुशिल न्यौपानेको सम्पादन तथा दिनेश वलीको सह-सम्पादन रहेको छ ।

हाईलाईट्स नेपालको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतको भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै गायिका तथा यस गीतकी गीतकार अन्जु श्रेष्ठले यो गीत राज सागरकै लागि लेखिएकाले उनको जन्मदिनमा उपहार स्वरुप सार्वजनिक गरेको बताएकी थिईन् भने अतिथीका रुपमा उपस्थीत गायक आनन्दकार्की, राजु सिंह, राजन इसान लगायतले गीत र गीतमाथी बनेको भिडियो अत्यन्त राम्रो भएको बताएका थिए ।

गायक तथा संगीतकार राज सागरको जन्मदिन र आँखा बन्दको दुई छुट्टा छुट्टा छुट्टै केक समेत काटिएको कार्यक्रममा गायक आनन्द कार्की, राजन ईसान ,संगीतकार राजु सिंह, कलाकार निर्मल शर्मा, निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षेत्री, सुव्रत आचार्य लगायत नेपाली कला साहित्य र संगीत क्षेत्रमा आवद्ध ब्यक्तीहरु र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

यस अघि सार्वजनिक गायक राज सागर र गायिका अन्जु श्रेष्ठका ‘ढाकाटोपी’, ‘रातो साडी’ ‘रंगीयो तिजले’, ‘भेलवेट चोली’ लगायतका गीतहरुबाट स्र्रोता-दर्शकको राम्रो प्रशंसा बटुलेको थियो भने बिभिन्न अवार्ड समेत प्राप्त गरेको थियो ।

प्रतिक्रिया