नेपाल आईडल प्रतिस्प्रधी बिक्रम बरालको घरमा पुग्दा

इनेप्लिज २०७५ मंसिर २० गते २३:३० मा प्रकाशित

पोखराको भिमसेन टोलमा पुरानो घर छ, वरिपरी भएको ठूला–ठूला संरचनाको अगाडी उक्त घर पुरानो र भत्किन लागेको जस्तो देखिन्छ तर त्यही घरमा बिगत १६ बर्ष देखी एउटा परिवार भाडामा बस्दै आएको छ । एपीवान टेलिभिजनबाट प्रशारण भैरहेको नेपाल आईडल सिजन २ मा उत्कृष्ठ पाँच प्रतिष्प्रर्धी हरेका छन् । त्यी मध्ये पोखराबाट बिक्रम बरालले प्रतिनिधित्व गर्दै छन् । पोखराको भिमसेनटोलमा भाडामा बस्दै आएका बिक्रमको पुर्खौली घर पर्वत हो तर पनि बिगत दुई दशक देखी पोखरालाई कर्मथलो बनाउँदै उनको परिवार बस्दै आएको छ । पोखरेलीहरु बिक्रम बराललाई नेपाल आईडल बनाउने उत्सुक छन् । बिक्रमका संगीत गुरु नवराज बरालको संयोजकमा बिक्रम बराल जिताऔं अभियान नै संचालनमा ल्याएका छन् ।

पारिवारको आर्थिक अवस्था नाजुक रहेका बिक्रमको लागी सहयोग रकम जुटाउन र आफन्त, शुभचिन्तकहरुलाई अनुरोध गर्न बाहेक अरु बिकल्प छैन । उत्कृष्ट चारमा पर्नको लागी बिहीबारको प्रस्तुती र बिहीबार राती ८ः३० बजेबाट शुक्रबार दिउँसो १२ बजे सम्मको भोटले निर्धारण गर्ने छ । उनको परिवार, आफन्तजन, शुभचिन्तक र सारा नेपाली नै बिक्रम बराल अर्को चरणमा प्रवेश गर्नेमा आशाबादी छन् । हामी बिक्रम बरालको घरमा पुग्दा जे देखीयो जस्ताको जस्तै प्रस्तुत गर्दै छौं ।

प्रतिक्रिया