नेपाल आइडलमा रविको यात्रा ?

इनेप्लिज २०७५ मंसिर २० गते २३:०३ मा प्रकाशित

नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा सफल नेपाल आइडलको दोस्रो संस्करणको टप ५ सो सकिने बितीकै रवि ओड रुदै लाइभमा आएका छन । इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडलको सिजन टु बिहीबार राति साढे ८ बजेबाट सुरु हुने गरेको छ । टप ५ सो सकिए लगतै उनले आफुले गित बिगारेको भन्दै लाइभ आएका छन । निकै अब्बल गाएकी पस्कदै आएका रविले लिरिक्स बिग्रीएको र आफुले केही बोल्न नपाएको भन्दै लाईभ आएर सबै कुरा खोलेका छन ।

उनको यो लाइभले सायद उनि भोलि आउट हुने संका देखिएको छ ।

नेपाल आइडल प्रथम संस्करणको सफलतापछि नेपाली दर्शकहरुमाझ् यसको दोश्रो संस्करण नेपाल आइडल टु एपीवान एचडी टेलिभिजनबाट प्रसारणमा आउन गरेको छ । नेपाल आइडल एपीवान एचडीबाट बिहीबार र शुक्रबार राति साढे आठ बजेबाट प्रसारण हुँने यो सोमा भोलि टप ४ छानिने दिन हो । उनि आफु आउट हुने डरले लाइभमा आएर भोटको अपिल गरेका छन ।

निर्णायक न्हयू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशीले रामै कमेन्ट गरे पनि उनि आफ्ना स्रोतामा क्षमायाचना मागेका छन । कार्यक्रम संचालिका रिमा विश्वकर्मा र आसिफ शाहले रविको प्रस.सा गरे पनि उनि भोलि आउट हुने संभावना बढेर गएको लाइभमा हेर्न सकिन्छ ।

प्रतिक्रिया