त्यो दिन आउने छ

यादवराज जोशी (समीर जोशी) २०७५ मंसिर २० गते २१:३५ मा प्रकाशित

त्यो दिन आउने छ

म तिम्रो समाचार लेख्छु
हत्याको
हिंसाको
बलत्कारको
तिस्कारको
अनि
के को के को
म रनभुल्लमा छु
अझ कति समाचार लेख्नु पर्ने हो
पढनु पर्ने हो
शोषणको
उत्पिडनको
अन्यायको
अनि
के को के को
तिमी समाचारमा छाएदेखि
म सुतेको छैन
केवल सपना मात्र देख्छु
सुन्छु तिम्रो चित्कार
महसुस गर्छू
तिम्रो मौनता
अनि
निस्पट अध्यारोमा देख्छु
तिमीले औलाएका दोषीहरु
औसीको रातमा
ति सल्बलाएको
रौसीएको
अनि
देख्छु मिरमिरेका लोप भएको
उज्यालोका डराउने
ति हत्यारा
बलत्कारी
शोषक
एक दिन अवश्य कसिने छन
गोर्खे लौरीमा
झुण्डाईने छन
सुलीमा
ढिलो चाडो
त्यो दिन आउने छ
त्यसैले त म
तिम्रो समाचार लेख्छु

#JusticeForNirmala

#FightForRuleOfLaw

वासिड.टन डिसी, अमेरिका

प्रतिक्रिया