छोरीलाई जिताउन आमा बुबा उडे चिन। (भिडियोसहित)

इनेप्लिज २०७५ मंसिर २० गते १२:२३ मा प्रकाशित

एउटा सन्तानलाइ कुनै युद्ध लडिरहदा, कुनै एेतिहासिक र महत्वपुर्ण काम गरिरहदा अगाडिबाट हाैसला दिइरहने अामा बुवा, अाफन्त र साथिहरू भइदिदा कति अाँट बड्छ हाेला याे हामी सबैले महशुष गर्न सक्छाै । हाे यस्तै हुने भएकाे छ मिस नेपाल २०१८ शृङ्खला खतिवडाकाे लागि पनि । मिस वर्ल्ड २०१८ मा सहभागिता जनाएर सबैकाे मन जितिरहेकि शृङ्खलालाइ प्रत्यक्ष अप्रत्यक्ष रूपमा देश बिदेशमा रहेका काैयाै नेपालीहरूले साथ, सहयाेग, अाशिर्वाद र माया दिइरहेकै छन । तर भाग्यमानी शृङ्खलाले अब अाफ्ना अामा बुवा, अाफन्त र साथिहरूलाइ पनि अाफ्नै अगाडि देख्न पाउने भएकि छिन । जसका कारण शृङ्खलामा गर्विलाे अाट र जाेस जागर बढ्नेमा हामी विश्वस्त छाै ।

छोरी श्रृङ्खलालाई चीनमै भेटेर बल दिन आमा मुनु सिग्देल बुधबारै हेटौंडाबाट काठमाडौं घर पुगेकी छिन्। ‘मिस वर्ल्ड हेर्न टिकट बुकिङ्ग भइसक्यो हाम्रो’, उनले उत्साहित हुँदै नागरिकसँग टेलिफोनमा भनिन्। मिस वर्ल्डको अन्तिम तयारीका लागि श्रृङ्खला रिहल्सनमा व्यस्त रहेको भन्दै उनले मंगलबारदेखि क्लोज क्याम्पमा रहेको बताइन्। ‘बुधबार बिहान हिड्ने बेलामा फोन गरेकी थिई, हतार–हतार त्यही पनि’, उनले भनिन्, ‘अब फाइनल स्टेजको तयारीमा छिन्।’ फेसबुकमा मिस वर्ल्ड नेपाल फेसबुक पेजका पोष्ट र श्रृङ्खलालाई भोटका लागि आग्रह गरिएका पोष्टलाई शेयर र फरवार्डसँगै अन्तरवार्ता दिन उनी व्यस्त थिइन्। ‘विभिन्न मिडियामा एक दर्जन बढी अन्तर्वार्ता दिइयो होला’, उनले भनिन्, ‘यसपटकको मिस वर्ल्ड नेपालले जित्नेमा ढुक्क छौं।’

नेपालबाट सहभागिता जनाएकि श्रृङ्खलाले ‘मिस वर्ल्ड मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद अ पर्पस’ अवार्ड हात पार्दै मिस वर्ल्ड २०१८ को उत्कृष्ट ३० मा आफूलाई उभ्याएकी छिन्। मल्टिमिडिया अवार्ड जित्ने पहिलो र ब्युटी विद अ पर्पस जित्ने दोस्रो मिस नेपाल हुन । श्रृङ्खलाको जितले उनको परिवार, गृहजिल्ला मकवानपुरसहित देश–विदेशमा रहेका नेपालीमा उल्लास छाएको देख्न सकिन्छ । साेसल मिडिया, सामाजिक संजाल। राष्टिय पत्रपत्रिका लगायत चिया पसलमा समेत शृङ्खलाकाे चर्चा चलिरहेका छ यतिबेला । विश्वका १ सय २१ देशकी सुन्दरीबीच जारी मिस वर्ल्ड प्रतियोगिताको फाइनल शनिबार हुँदैछ।

प्रतिक्रिया