१७ देखी आफ्नै श्रीमान बेपत्ता भए पछी चेली रुदै मिडियामा पुगीन (मार्मिक भिडियो सहित)

इनेप्लिज २०७५ मंसिर १८ गते २२:३२ मा प्रकाशित

काठमाडौँ,

देश भित्र बलात्कार जस्तो जघन्य अपराधको समाचारहरु न सुनिने कुनै दिन बाकी न होला । नाबालिका देखि किशोरीहरु त्यसै गरी आफ्नै आफन्त देखी अन्जानहरुबाट बालिकाहरु बलात्कृत हुने गरेका छन । बलात्कारको समाचार आउछ पिडा हुन्छ तर त्यो बलात्कारीलाई कस्तो सजाय हुन्छ त्यो सर्बसाधारणलाई केहि पत्तो हुन्न । त्यस्तै बिषय बस्तुमा सामावेश हुँदै स्कटनेपाल प्रस्तोता निलमनी भण्डारी पछिल्लो समयमा चेलीहरुका दुख: पिडा समबन्धित बिषय हरुलाई दर्शकहरुको सामने ल्याउने प्रयास गरी राख्नु भएको छ । त्यति मात्र हैन सांगितिक माहोल लाई पनी स्कटनेपाल रोधीघरमार्फत दर्शक हरुको मन जित्न सफल हुनु भएको छ ।

आजको घटना अलिकती फरक र चेलीकै पिडामा आधारीत छ। एउटी यस्ती पिडित महिला अचानक रुदै स्कटनेपाल मिडिया कार्यालयमा प्रवेश गर्नु भएको छ, उहाको पिडा सुन्दा खेरी दर्शक हरुलाई पक्कै पनि अचम्म लाग्न सक्छ तर बिडम्बना यस्तो घटना हरु नेपालमा दिन प्रति दिन बढी रहेको छ । पिडितको नाम मंजु परियार घर नुवाकोट माइत धादिंग रहेको उहाले जानकारी गराउनु भयो । परियार भन्नु हुन्छ बिबाह भएको ५ बर्ष भै सक्यो एउटा बालक पनि काखमा छ श्रीमान नुवाकोट देखी बसन्त तामांग हुनु हुन्छ । उनको भनाइ अनुसार श्रीमान काठमाडौँमै एउटा स्कूल बसको ड्राइभरको रुपमा कार्यरत हुनु हुन्थियो । उहा अहिले बिगत १७ दिन देखी बेपत्ता हुनु भएको पिडित परियारले स्कटनेपाल प्रोस्तोता निलमनी भण्डारीलाइ जानकारी दिनु भएको छ ।

बाकी पुरा विस्तृत जानकारी र पिडितको बेदना सहित तलको भिडियोमा हेर्नुहोला

प्रतिक्रिया