चिनीको मूल्य तोक्न बसेको बैठक निष्कर्षविहीन
रौतहट÷उखु उत्पादक महासंघ र चिनी उत्पादक संघबीच उखुको मूल्यलाई लिएर महोत्तरीको बर्दीबासमा मंगलवार भएको वार्ता निष्कर्षविहीन बन्न पुगेको छ । उखु उत्पादक संघले उखुको मूल्य प्रस्ताव गरे पनि चिनी उत्पादक संघले भने केही बोलेरै वार्ता असफल भएको छ ।
उखु उत्पादक महासंघ नेपालका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीको नेतृत्वमा एक दर्जनभन्दा बढी जिल्लाका उखु उत्पादक संघका अध्यक्ष एवं प्रतिनिधिहरुले चालू आर्थिक वर्षको लागि उखुको मूल्य प्रति क्वीन्टल ५४५ रुपैया प्रस्ताव गरेका थिए ।
वार्तामा एभरेस्ट निचिी उद्योगका मुन्नाबाबु, इन्दुशंकर चिनी उद्योगका राजेश केडिया, रिलायन्स चिनी उद्योगका राजकुमार अग्रवाल, श्रीराम सुगर मिल्सका हितेश गोल्छा र विशाल गोल्छा वार्तामा सहभागी थिए ।
उखु उत्पादक संघले सबै परिस्थिति हेरी उखुको मूल्य प्रस्ताव गरेका थिए । गत वर्ष उखुको मूल्य प्रति क्वीन्टल ५३६ रुपैया कायम भएको थियो । तर चिनी उत्पादकरुले उखु उत्पादकको प्रस्तावमा केही पनि नबोलेकोले वार्ता अगाडि बढ्नै नपाई स्थगित भएको वार्तामा सहभागी उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोककुमार यादवले बताएका जानकारी गराएका छन् ।
चिनी उद्योगहरुले उखुको मूल्य नतोके पनि विभिन्न जिल्लामा खुलेका सख्खर उद्योगहरुले भने प्रति क्वीन्टल २७५ देखि ३०० रुपैयासम्म उखु किनिरहेका छन् । रौतहटमा मात्रै सञ्चालनमा रहेका एक दर्जनभन्दा बढी सख्खर उद्योगलाई कौडीको मोलमा किसानले उखु बेच्न बाध्य छन् ।
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया