रक गायक सुदिप थकालीको “ओम शान्ति ओम” सार्बजनिक (भिडियो सहित)
काठमाडौँ : विगत लामो समय देखि जापान बस्दै आएका रक गायक सुदिप कुमार थकालीको गीति एल्बम ” रकस्टार ”मा रहेको गित “ओम शान्ति ओम” को म्युजिक भिडियो सार्बजनिक भएको छ l विगत आठ वर्ष देखि जापानमा बस्दै आएका रक गायक सुदिप सानै उमेर देखि गीत सङ्गीतका पारखी थिए l सास्त्रीय सङ्गीत देखि लिएर विभिन्न विधाका सङ्गीत कक्षा लिएर सम्पूर्ण विधामा पोख्त रक गायक सुदिप कुमार थकाली एक शालीन तथा मिलनसार स्वभावका छन् l
रक गायक सुदिप कुमार थकालीको आफ्नै शब्द तथा संगीत रहेको यस गीतमा शान्तिका संदेशहरु प्रबाह गरिएको छ l नियोन क्रियसनले भिडियोलाइ बजारमा लिएर आएको छ भने भिडियोमा गायक आफै तथा उनका ब्याण्ड मेम्बरलाई देख्न सकिन्छ l
यस गीतको म्युजिक भिडियोले दर्शक स्रोताहरुको मन जित्ने कुरामा विश्वास लिएका रक गायक सुदिप कुमार थकालीले “ओम शान्ति ओम” नेपाली साङ्गीतिक आकाशको रक गायनमा नौलो आयाम थप्ने कुरामा बिश्वस्त छन् l साथै यो आफ्नो गीतको म्युजिक भिडियोलाइ हेरेर दर्शक आफ्नो अमूल्य कमेन्ट गरी दिनुहुन पनि आग्रह गरेका छन् l आफू जहा रहे पनि संसारको जुनसुकै मुलुकमा रहे पनि नेपाली गीत सङ्गीतलाई माया गर्दै भविष्यमा पनि यस्तै श्रोता दर्शकहरुको गीतहरू, म्युजिक भिडियो लिएर नेपाली संगतिक फाटमा आउने कुरा उनी बताउछन l भिडियो हेर्नुहोस :
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया