सारिका र टंकको रातो गल्बन्दी सार्वजनिक (भिडियोसहित)

इनेप्लिज २०७५ मंसिर १८ गते १२:०६ मा प्रकाशित

नायिका तथा गायिका सारिका घिमिरे र गायक तथा सङ्गीतकार टंक बुढाथोकीको स्वरमा रहेको नयाँ गीत ‘रातो गल्बन्दी मैले भिरेको, तिमले इशारा सुहाको गरेको’ सार्वजनिक भएको छ । यमनाथ मैनालीको शब्द, टंकको सङ्गीत रहेको गीतको भिडियो आज सार्वजनिक भएको हो ।

सुनिल क्षेत्रीको निर्देशन र कोरियोग्राफ रहेको गीतको भिडियोमा सुनिलसँगै अलिसा शर्मा, नेपाली ठिटोज र गायक गायिका फिचरिङ छन् । बुद्ध थापाको छायाँकन, विकाश ज्ञवालीको सम्पादनमा तयार भएको गीतको भिडियो सुन्दर बनेको छ ।

नायिकाहुँदै पछिल्लो समय गायन क्षेत्रमा पनि चर्चा कमाउँदै गरेकी छन् सारिका घिमिरे भने पछिल्लो समय चर्चामा रहेका गायक हुन टंक बुढाथोकी । ‘हामीले स्रोता÷दर्शकमाझ एउटा राम्रो गीत पस्किने जमर्को गरेका छौ पक्कै पनि स्रोता÷दर्शकको रोजाइमा पर्छ होला’ टंक र सारिकाले भने ।

प्रतिक्रिया