साईलेन्स फेस्टिबलको सातौं संस्करण सम्पन्न (क्यान्सर ब्याट्स् भिडीयो सहित)

इनेप्लिज २०७५ मंसिर १५ गते १७:५७ मा प्रकाशित

क्यानेडेली सांगीतिक समुह क्यान्सर ब्याट्स्ले नेपालमा आफ्नो पहिलो प्रस्तुती दिएको छ । गत शनिबार (२४ नोभेम्बर)का दिन आयोजित साईलेन्स फेस्टिबलको सातांै संकरण अन्तर्रगत भएको उक्त कार्यक्रममा क्यानेडा बाहेक चिनको प्रसिद मेटल ब्याण्ड स्पील योर गड्स्, बेलायतको सिम्बल अफ ओरियन, अष्ट्रेलियाको क्रोनिक, र नेपालका अन्य चर्चित मेटल ब्याण्डहरुले प्रस्तुति दिएका थिए ।

त्यस्तै नेपाली लाखे नाच लाई मेटल म्यूजिकमा फ्यूजन गरेर स्टेजमा उत्रिएको घरेलु मेटल ब्याण्ड अन्डरसाईडको प्रस्तुती बिशेष र आकर्षक रहेको थियो । काठमाडौं टंगाल स्थित टंगालउड कम्पाण्डमा सुसम्पन्न भएको कार्यक्रम निर्धारित समय र तालिकामा संञ्चालन भई राति ८ बजे सम्म चलेको थियो । अधिकांस बिदेसी पर्यटक र नयाँ पुस्ताका युवायुवतिहरुको चर्को भिड रहेकोे फेस्टीबलमा नेपालका ख्याति प्राप्त रक ब्याण्डका अधिकांश मेम्बरहरुको उपस्थिती रहेको थियो भने उक्त कार्यक्रम अवलोकन गर्न पूर्व युवराज पारस शाह, प्रसिद कृकेटर पारस खड्का लगायतका अन्य नेपाली सेलिब्रेटीहरुको पनि घुईचो लागेको थियो ।

दूईवटा स्टेजमा सम्पन्न भएको यस फेस्टिवलमा अन्य नेपाली ब्याण्डहरु दिस अर्दर,कमेरो,नेक दिप ईन फिल्थ,स्क्रीमिङ्ग मारीयोनेट र चकाचकले पनि प्रस्तुति दिएको थियो । नेपाली समाजमा पाश्चात्य संगित र गीतको नामले भरीएको यस्तो फेस्टीवलले आगामी भिजीट नेपाल २०२० को सकारात्मक संन्देश दिन पनि यस खालको ईन्भेन्टहरु भईरहनु पर्ने आवश्यकता देखिन्छ रहन्छ ।

प्रतिक्रिया