अग्निपीडितलाई आर्थिक सहयोग
उर्लाबारी, मङ्सिर १५ गते । यहाँस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घले दुई साताअघि भएको आगलागीबाट पीडित तीन व्यवसायीलाई आज आर्थिक सहयोग गरेको छ ।
सङ्घले राहत सङ्कलन समितिको निर्माण गरी सङ्कलित रकम आगलागी पीडित उर्लाबारी –७ का भक्तिराम अधिकारी, अञ्जना कार्की र गणेश बोहरालाई हस्तान्तरण गरेको हो । अधिकारीलाई रु तीन लाख २० हजार, अनु–अनुसा किराना पसलका सञ्चालिका अञ्जना कार्कीलाई रु एक लाख ३० हजार र भोजपुरे भाँडा पसलका सञ्चालक गणेश बोहरालाई रु ४० हजार सहयोग गरिएको सङ्घका अध्यक्ष प्रीतम खड्गीले जानकारी दिनुभयो ।
सङ्घले अध्यक्ष खड्गीको संयोजकत्वमा राहत सङ्कलन समिति गठन गरी नगरका होटल र सुनचाँदी व्यवसायी, मैथिली समाजलगायत स्थानीय व्यवसायीसँग रकम सङ्कलन गरेर अग्निपीडितलाई हस्तान्तरण गरेको हो । यही मङ्सिर ४ गते अधिकारीका घरबाट विद्युत् चुहावट भई आगलागी भएको थियो ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया