पूर्वमन्त्री रानालाई पितृशोक

इनेप्लिज २०७५ मंसिर १५ गते ११:२१ मा प्रकाशित

रामपुर, मङ्सिर १५ गते । पूर्वभूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानालाई पितृशोक परेको छ ।

पाल्पा क्षेत्र नं १ का सङ्घीय सांसद तथा नेकपा एमालेका प्रदेश नं ५ का सहइन्चार्जसमेत रहनुभएका रानाका पिता रुकबहादुर रानाको ९२ वर्षको उमेरमा आज बिहान काठमाडौँमा निधन भएको हो ।
मुटुसम्बन्धी समस्याका कारण उहाँको निधन भएको परिवारले जनाएको छ । रानाका पाँच छोरामध्ये सांसद राना माइला हुनुहुन्छ । रामपुर नगरपालिका–१ पाल्पाका राना परिवार काठमाडौँमा बस्दै आउनुभएको थियो ।

प्रतिक्रिया