विश्वमा आत्महत्या घटदो, अमेरिकामा बढदो

यादवराज जोशी २०७५ मंसिर १५ गते ०:४८ मा प्रकाशित

सन् २००० पछि विश्वमा आत्महत्याको दर २९ प्रतिसतले घटेको छ । यसको अर्थ विगत १७ वर्षमा २८ लाख ज्यान बचेको छ । तर, सोही अवधिमा अमेरिकामा आत्महत्या १८ प्रतिसतले बढेको छ । गोरा, अधबैसे र राम्रो अध्ययन नभएका अमेरिकीमाझ आत्महत्या भयावह छ ।

पस्चिमी विश्वमा सन् २००० पछि आत्महत्या घटी रहेको छ । बेलायतमा आर्थिक मन्दीको समय सन् १९३४ मा आत्महत्या उच्च बिन्दूमा पुगेको थियो । आत्महत्या भारत, चीन, रुस, जापान, दक्षिण कोरियामा उल्लेख्य रुपमा घटेको छ ।

अमेरिकामा २० वर्ष अगाडि आत्महत्याको दर चीनको भन्दा आधा थियो तर अहिले चीनको भन्दा दोब्बर भएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको तथ्यांक हेर्ने हो भने आदिवासी अमेरिकीको आत्महत्या उच्च छ । प्रति एकलाखमा २५ जनाले आत्महत्या गर्ने गरेका छन् । त्यसपछि गोरा अमेरिकीको संख्या प्रति एकलाख १५ छ । आत्महत्यादर सबैभन्दा कम हुनेमा हिस्प्यानिक समुदाय छ । एसियन र कालाजातीको आत्महत्या पनि प्रति एकलाख ५/७ को हाराहारी छ ।

गत वर्ष सन् २०१७ को तथ्यांक अनुसार अमेरिकामा गत वर्ष ४७ हजारले आत्महत्या गरेका छन् । यो संख्या अघिल्लो वर्षको ४५ हजार भन्दा बढी हो । लागु औषधको सेवनबाट गत वर्ष अमेरिकाका ७० हजारको मृत्यु भएको छ । यो संख्या पनि आधुनिक इतिहासमा सबैभन्दा धेरै हो ।

विश्वको जनसंख्याको करिव आधा हिस्सा ओगटने भारत र चीनमा आत्महत्यामा कमी आउदाँ विश्व तथ्यांकमा उथलपुथल भएको हो । यि देशमा युवा नभई अधबैसे र वृद्धको आत्महत्या उच्च छ । प्रायः युवाहरु आत्महत्या बढी हुन्छ । यस्तै महिलाभन्दा बढी पुरुषले आत्महत्या गर्छन । तर, तर भारत र चीनमा युवा महिलाको आत्महत्या निकै छ । चीनमा युवा महिलाको आत्महत्या सन् १९९० को तुलनामा भने कमी आएको छ ।

रुसमा रक्सी खानेको आत्महत्या बढी थियो तर सन् १९९० को मध्यमा मिखाईल गोर्वाचोभले रक्सीमा पावन्दी लगाएपछि आत्महत्या घटेको छ । विश्वभरी नै वृद्धको आत्महत्या औषत नै रहेको छ । यसमा उल्लेख्य परिवर्तन भएको छैन ।

तरकारीमा किरा मार्ने औषधीको नियम कडा गर्दा श्रीलंका र दक्षिण कोरियामा आत्महत्या घटेको छ । अमेरिकामा आत्महत्या गर्ने आधाले बन्दुकको प्रयोग गर्ने गरेका छन् । बन्दुक नियन्त्रणमा बेलायतले जस्तो कदम चाल्ने हो भने अमेरिकी आत्महत्यामा उल्ल्ेख्य कमी आउन सक्छ । प्रति वर्ष अमेरिकाको मोन्टानामा २६ प्रति एकलाखले आत्महत्या गर्ने गरेका छन् भने राजधानी वासिड.टन डिसीमा प्रति एकलाख पाँचजना छन् ।

आत्महत्याको प्रयास गर्ने वा आत्महत्याको लक्षण देखाउनेलाई बचाउन सकिन्छ । सन् १९३७ देखि १९७१ सम्म पाँचसय १५ जना आत्महत्याको प्रयास गर्नेलाई बचाईएको थियो । ति मध्ये ९४ प्रतिसत सन् १९७८ को अध्ययनमा पनि जीवित थिए ।

उच्च आत्महत्या दर (प्रति एकलाखमा) भएका पाँच राज्य

मोन्टाना २६
अलस्का २५.४
वोमिड. २५.२
न्यू मेक्सिको २२.५
उथाह २१.८

निम्न आत्महत्या दर (प्रति एकलाखमा) भएका पाँच राज्य

वासिड.टन डिसी ५.१
न्यूजर्सी ७.२
न्यूयोर्क ८.१
म्यासच्युसेट्स ८.७
मेरिल्याण्ड ९.३

स्रोतः दि इकोनोमिक टाईम्स, बेकर हस्पिटल रिभ्यू, सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन
तस्विर स्रोतः बाबु घोषले/गुगल

प्रतिक्रिया