म्युजिक भिडियो “जब देखेँ तिमीलाई”

इनेप्लिज २०७५ मंसिर १४ गते १२:०९ मा प्रकाशित

जब देखें तिमीलाई …

शब्द / संगीत / स्वर:  योगेश राना

सङ्गीत संयोजन: सुकुराम बि.क.

रेकर्डीङ्ग: दिपक बि.क.

सङ्गीत सम्पादन: स्यामस्वेत रसाइली

प्रिज्म डिजिटल रेकर्डीङ्ग स्टुडियो, बबरमहल, काठमाडौँ

अभिनय: क्रिस्टिना थापा / गम्भीर बिष्ट

क्यामरा: नवराज उप्रेती

भिडियो सम्पादन: नारायण निरौला

निर्देशन : गम्भीर बिष्ट

शब्द

(जब देखें तिमीलाई, जब भेटेँ  तिमीलाई,

यो मनको कुनामा, समेटें तिमीलाई)2

किनकि, मेरी सानी मन पर्यो, मायाकी खानी मन पर्यो

मुसुक्क हाँस्दै, भुतुक्कै पार्ने, तिम्रो त्यो बानी मन पर्यो

मुटु नै मेरो चसक्कै पार्ने, तिम्रो जवानी मन पर्यो l

बारुली कम्मर तिम्रो, नागबेली चाल,

पिपलपाते ओंठ तिम्रो झनै बबाल,

जब देखें तिमीलाई…..

लहराउने केश तिम्रो, झरना झरे सरी,

उडी रहने चरी हौ कि, कुन स्वर्गकी परी,

जब देखें तिमीलाई…

प्रतिक्रिया