मंसिर १३ दमक
अशोकको कारण बाट भाइरल बनेका झापा दमकका बाल कलाकार टिकाराम धिमाल भुइकटहरको परिवार आजबाट आफ्नै घरमा बस्न थालेका छन ।
अशोकले एक स्टेजमा मेरो साथी भुइकटहर पनि छ भने पछि एका एक यूटुवरहरुको घेरामा परेर जिवन स्तर परिवर्तन भएको भुइकटरको जिवन बाट थाहा हुन्छ मानिसको भाग्य परिवर्तन हुन कुनै समय चाहिदैन । तर तिनै साथी अशोक आफ्नो घर उद्घाटनमा नआउदा भने भुइकटहरको परिवार निरास बनेको थियो ।
दमक ३ मा घर निर्माण सम्पन्न भएसँगै एक कार्यक्रमको आयोजना गरि घर हस्तान्तरण गरिएको छ । सामाजिक संजाल युट्युवमा उनको पारिवारिक दर्दनाक भिडियो बाहिरीएपछि स्वदेश तथा विदेशमा रहेका सयौ नेपालीहरुले सहयोग गर्दै उनको घर निमाण सम्पन्न भएको शिक्षक दिपक सर बताउछन ।
भुकटहरको घर निर्माणका लागि भन्दै बिदेशमा रहेका नेपालीहरुले रकम पठाएको कारण आज धिमाल परिवारले ओत लाग्न पाएको हो । सामाजिक अगुवा पूर्ण वाइबाको संयोजकत्वमा गठित घर निर्माण तथा समितिले घर निर्माण कार्य शुरु गरेको थियो ६ महिनामा सम्पन्न गरेर हस्तान्तरण गरेहो ।
सानो तर चिटिक्क परेको उक्त घरको लागत घरमा राखिएका सम्पूर्ण श्रृंगारिक तथा किचन सामान सहित ७ लाख ७९ हजार रहेको घर निर्माण तथा आर्थिक समितिका संयोजक पूर्ण वाइबाले जानकारी दिनुभयो । वहाँले घर हस्तान्तरणका क्रममा आयोजना गरिएको कार्यक्रमको सम्पूर्ण खर्च १४ लाख लागेको बताउँनु भयो । भने जग्गा खरिदमा ५ लाख २५ हजार लागेको बताउनु भयो । भइकटहरको नाममा अझै ४ लाख बचत समेत गरिदिएको पनि वाइबाले जानकारी दिनु भयो । वहाँले भुइकटहरको परिवारको दुःख देखेर आफ्नो गाँस काटेर रकम पठाउँने कसैको मनमा ठेस नलागोस भनि तामझामका साथ खर्च नगरि कम खर्चमा घर हस्तान्तण कार्यक्रम गरेको पनि बताउँनु भयो ।
वहाँले आँफ्नो नाममा सहयोग पठाउँने सबैको नामावली र रकम सामाजिक संजालमा राखिएको र सो हेर्न पनि सबैमा अनुरोध पनि गर्नु भएको छ ।
घर हस्तान्तरण पछि भुइकटहर र दिपक सर संग गरिएको कुराकानी भिडियोः
प्रतिक्रिया