नेपाल आईडलकी निलिमालाई पोखरामा भब्य स्वागत

इनेप्लिज २०७५ मंसिर १३ गते १२:३७ मा प्रकाशित

नेपाल आईडलको सिजन २ मा उत्कृष्ट ७ मा पुगेर बाहिरीएकी पोखरेली चेली निलिमा थापामगरलाई पोखरामा भब्य स्वागत गरिएको छ । पोखरा बिमानस्थलको बिशिष्ठ कक्षमा निलिमा थापामगर सहयोग समितिका संयोजक बिनित जोजिजूले स्वागत गर्नु भएको हो ।
नेपाल आइृडलसम्म पुग्नु भनेको ठूलो उपलब्धी हो भन्दै यहाँ सम्म आइृपुग्न सहयोग गर्ने सबैलाई निलिमाले धन्यवाद ज्ञापन गरिन् । सामाजिक संजालमा निर्णायकको कारण बाहिरिएको भन्ने कुराहरु गलत भएको भन्दै निलिमाले आफ्नै स्वास्थ्यका कारण उत्कृष्ट प्रदर्शन गर्न नसकेका कारण आफू बाहिरीएको स्पष्ट पारिन् ।

संगीतमै केही गर्छु र बन्छु भनेर नेपाल आइृडल गएको र धेरै कुरा सिकेका कारण अब संगीतमै रमाउने प्रतिबद्धता समेत व्यक्त गरिन् । आउँदा दिनमा आफ्नो गीती एल्बम बजारमा आउने र त्यसमा पनि सबै फ्यान, दर्शकहरुको यत्तिकै माया पाउनेमा आफू बिश्वस्त रहेको समेत बतार्इृन् ।

केही समय अघि निलिमा मौसम थापामगरसंग इन्गेजमेन्ट गरेकी थिईन् । पोखरा बिमानस्थलमा लिन पुगेका मौसमले निलिमाको स्वभाव बच्चाको जस्तो भएको बताए । हेरौं निलिमाको बारेमा थप जानकारी

प्रतिक्रिया