गृहमन्त्रीसामू विष खाने पूर्वलडाकू, आत्मघाती बनेर मन्त्रालयमै पडि्कने चेतावनी। (भिडियोसहित)

इनेप्लिज २०७५ मंसिर १३ गते ११:२६ मा प्रकाशित

गृहमन्त्रीसामू विष सेवन गरेका पूर्वलडाकू कुलप्रसाद भट्टराईले आमरण अनसन थाल्ने भएका छन् । माग सम्बोधन नभए आत्मघाती बनेर मन्त्रालयमै पडि्कने उनको चेतावनी छ

बर्हिगमित जनमुक्ति सेना नेपालमा आवद्ध भट्टराईले ५ मंसिरमा गृहमन्त्रालयमा विष सेवन गरेका थिए । ‘गृहमन्त्रीले समेत अपहेलना गरेपछि बाँच्नुको अर्थ नदेखेर मर्छु भनेर विष खाएकै हुँ’ उपचारपछि उनले भनेका छन्, बाँचियो । अब तत्काल हाम्रा मागहरु सम्बोधन नभए मन्त्रालयमै पुगेर आत्मघाती बनेर पडि्कनेछु । म पनि मर्छु रपूर्व कमाण्डरलाई समेत मार्छ ।

जनयुद्धका घाईतेहरुलाई सेवासुविधा प्रदान गर्नुपर्ने, परिवार तथा बालबच्चाहरुको शिक्षा, स्वाथ्य र रोजगारको व्यबस्था गर्नुपर्ने लगायतका राखेर शान्तिवाटिकामा आमरण अनसन बस्ने उनले बताए ।

आफूहरु जस्ता सयौं युवाको योगदानलाई सरकार र तत्कालीन माओवादी नेता कमाण्डरले अवमूल्यन गरेको भन्दै उनले भने, ‘हामीले गोली र रगतसंग सोटेको गणतन्त्रमा अपमानको जीवन ज्युउनु परेको छ । उनीहरु रातो कार्पेटमा हिड्ने, हामीलाई वेबारिसे ढंगले सडकमा छोडिदिने ?’
कम्युनिस्टहरुले सरकार चलाएको बेलामा पनि जनयुद्ध लडेकाहरुले अधिकार नपाउनु दुःखद भएको उनले बताए ।

प्रतिक्रिया