मायासँग गीतको भिडियो सार्वजनिक

इनेप्लिज २०७५ मंसिर १२ गते २२:३१ मा प्रकाशित

गीत संगीत बिना वास्तबमा मान्छेलाई जीउन गाह्रो हुन्छ । बिहान बेलुकी अनि हरपल मान्छेहरूको मनमा गीत संगीत लुकेको हुन्छ । दु:खमा होस् या सुखमा हर्ष, विस्मात र भगवान भक्तिमा भजन जताततै आखिर गीत मान्छेहरूको एक अभिन्न मित्र भनेकै गीत, संगीत हुन्छ । नेपाली साहित्यमा विगत तीन दशकभन्दा बढी अनवरत रूपमा निरन्तर लागि रहनु भएका कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को रचनामा अमरको २० औं कृतिमा रहने गीत

“मायासँगै मन रमाउँछ त्यो रूपैले मलाई सताउँछ
अब तिमी मलाई साथ देऊ एक्लै यो मन हराउँछ ।”

बोलको गीत गायिका अश्विनी सिटौलाको स्वरमा राम कार्कीको संगीतमा अनि रोशन कुमारको निर्देशनमा उक्त अति सुन्दर स्थान इन्द्र दह र कालू पाण्डे समाधी स्थान दह चोक वरपर मनकामना मन्दिर, हिमाल, पहाड तथा हराभरा सुन्दर दृश्य कैद गरिएको भिडियो चन्द्रागिरी न. पा का वडा १ का अध्यक्ष राजेन्द्र के. सि बाट क्यामेराको पूजा गरी छायांकन कार्यको शुभारम्भ गरिएको थियो । अभिनय तर्फ अजय श्रेष्ठ,सन्ध्या खड्का, रितिका जिरेल र गायिका अश्विनी सिटौलाको बेजोड अभिनय रहेको भिडियोको छायांकन दिप गुरुङले गरेको थियोे । भिडियोको इडिटिङ्ग रियान शाहको रहेको छ भने मेकप तथा साजसज्जा लक्ष्मी मल्लको रहेको छ ।v

प्रतिक्रिया