निर्मलाको आमाले यसरी दुखेसो पोखिन् ,फेरि अर्को घटना हुन्छ भन्ने डर छ। (भिडियोसहित)

इनेप्लिज २०७५ मंसिर ११ गते ११:४६ मा प्रकाशित

छोरी निर्मलाको बलात्कारपछि हत्या भएपछि न्याय माग्दै धर्नामा बसेका निर्मलाका बुबाको मानसिक सन्तुलन गुमेपछि उनी अहिले त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । संयोजक भट्टराईले बिरामी यज्ञराज पन्तको स्वास्थ्य अवस्थाबारे बुझेपछि निर्मलाकी आमालाई सम्झाएका थिए ।

उनले आफुहरुको सक्दो सहयोग रहने समेत प्रबिद्धता जनाएका थिए । डा.भट्टराईले अन्य केही समस्या भए पनि आफुहरुले सहयोग गर्ने बचन दिएका छन् । बाबुरामसँगको कुराकानीका क्रममा निर्मलाकी आमाले छोरीको न्याय त राज्यले दिनुनै पर्ने तर छोरीको पीडाकै बीचमा श्रीमानको समेत यो हालत भएको भन्दै गुनासो पोखेकी थिइन् ।

कञ्चनपुरकी निर्मला पन्तको साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । सो घटनामा संलग्न अपराधी अहिलेसम्म पत्ता लाग्न सकेको छैन् । सरकारले घटनाबारे थप अनुसन्धान जारी रहेको बताउँदै आएको छ ।

भिडभाड हुने भएकाले उनलाई आइसियूमा राखिएको उपचारमा संग्लग्न चिकित्सक श्रेष्ठले बताए।

‘सिटीस्क्यान गर्दा मष्तिष्कमा कुनै समस्या देखिएको छैन, तर लक्षणहरुले मेनिया भएको देखाएको छ, ‘ श्रेष्ठले भने, ‘खुट्टा मर्किएको र छातीमा समस्या पनि देखिएको छ।’

श्रेष्ठको अनुसार पन्तको उपचार भइरहेको छ। सबै रिपोर्टहरु आएपछि विस्तृतमा थाहा हुनेछ। भन्छन्, ‘रिपोर्ट नआइकन विस्तृतमा के भएको भन्न सकिन्न।’

प्रतिक्रिया