फरक शैलीको गीत लिएर आए धिरजले (भिडियो सहित )

विरेन्द्रकुमार साह बिराटनगर , २०७५ मंसिर ११ गते ११:४१ मा प्रकाशित

नेपालि सांगेतिक आकाशमा हरेकदिन  नयाँ नयाँ कलाकारहरुको आगमन भईरहेको छ । बढ्दो डिजिटल प्रबिधिको प्रत्यक्ष प्रभावका कारण पछिल्लो समय केही फराकिलो बन्दै गएको  छ। नव गायक धिरज राजबंशीले आफ्नो  नयाँ म्युजिक भिडियो गालाको तिल गायक बलबहादुर राजबंशीको अफिसियल युटयुब  चयानलबाट बजारमा ल्याएका छन् । फरक शैलीमा तयार गरिएको उक्त म्युजिक भिडियोलाई चर्चित कोरियोग्राफर एवम निर्देशक साईमन राजबंशीले निर्देशन गरेका हुन । म्युजिक भिडियोमा समिर र संगीताको जोडीलाई देखन सकिन्छ ।

धिरज राज्बंशिकै सब्द संगीत एवम स्वरमा रहेको यो गीतलाई सुरज श्रेष्ठले एरेञ्ज गरेका हुन । सुनबर्शी नगरपालिकाका उदयमान गायक धिरज राजबंशीले आफ्नो सानैदेखिको सपना साकार भएको र जीवनको अन्त्यसम्म पनि गीतसंगीतलाई कहिले पनि नछोड्ने बताए ।  आफ्नो सानैदेखिको सपना गीत रेकर्ड गर्ने र म्युजिक भिडियो बनाउने भएता पनि आफु संग आर्थिक स्रोत नहुदा समस्या भएको तर मैले कहिले पनि हार मानिन र आफ्नो सपनालाई पुरा गरेको छु र मेरो यो म्युजिक भिडियोलाई अत्याधिक माया गरिदिनुहोला धिरजले दर्शकहरुसंग अनुरोध समेत गरे ।

प्रतिक्रिया