पुर्ब राजा रानीको गीत गाउदा पिच रोडका गायक समिर बिबादमा

इनेप्लिज २०७५ मंसिर १० गते १२:०४ मा प्रकाशित

 

पछिल्लो समय करोड क्लबमा प्रवेशमा गरेको पिच रोड गीतबाट सर्बाधिक चर्चामा रहेका गायक समिर आचार्य हिजो आज अस्ट्रेलियामा रहेका नेपाली समुदाय माझ चर्चित पात्र बन्न पुगेका छन् ।

उनको चर्चाको प्रसंग हो एन आर एन अस्ट्रेलिया एनएसडब्लुको नेपाल फेस्टिबल

हजारौ दर्शकको उपस्थिति गराएर नेपाली भाषा , मौलिक सस्कृति , नेपाली परम्परा झल्काउने विभिन्न खाले सास्कृतिक प्रस्तुतिका साथ् मा नेपाल फेस्टिबल मनाइदै आएको छ , सोहि अनुरुप गएको शनिबार (२४ नोभेम्बर) अस्ट्रेलियामा नेपाल फेस्टिबल भब्य रुपमा पनि सम्पन्न भयो ।

नेपालबाट विभिन्न कलाकारहरु पनि बोलाइएको थियो भने अस्ट्रेलियामा रहेका समिर आचार्य , इश्वोर पोख्रेल लगाएतका गायकहरुको पनि उपस्थित थियो ।

प्रसंग जोडौ , समिरको चर्चाको

जब स्टेजमा समिरले “जहाँ सिंगो नेपाल हुन्छ ताहा राजा रानी हुन्छ बोलको गीत गाए , दर्शक दिर्घामा राम्रो तारिफ पनि पाए , उनको पिच रोडमा पनि दर्शक खुब रमाए ,

कार्यक्रम सकियो भब्य पनि भयो तर सामाजिक संजाल भने रंगिन सुरु भैसकेको थियो , केहिले समिरको गीतको तारिफ गर्दै गीत न हो गाउन पाउनु पर्छ भन्दै स्टाटस लेखे भने कति पयले पूर्व भैसकेका राजा रानीका बारेमा यसरि खुल्ला रुपमा कलाकार सार्बजनिक हुनु आपत्ति भएको भनि सामाजिक संजालमा आक्रोश पोखे ।

हामीले सिधै समिरलाइ तपाईले किन एस्तो गीत गाउनु भएको ? , तपाईको त बिरोध भैराको छ नि , के भन्नु हुन्छ भनि प्रश्न सोध्योउ

समिरको जवाफ एस्तो आयो – ” मेरोलागि यो बिशुद्ध राट्रिय गीतको रुपमा प्रस्तुत गरेको हु , म अहिले सम्म कुनै पनि राजनैतिक दलको सदस्य छैन र राजा हाम्रो इतिहास हो , २५० बर्ष लामो इतिहास हो , सजिलै भुल्न कहाँ सकिछ र ? राजनैतिक परिबर्तन संग संगै एउटा श्रस्टाको सिर्जना कसरि पर्बर्तन हुन सक्ला तपाई आफै भन्नुहोस न , र अर्को कुरा बिरोध , यो भै नै रहन्छ , मलाई केहि आपत्ति छैन , यदि साच्ची नै यो गीत गलत छ र गाउन \ सुन्न नमिल्ने नै हो भने सामाजिक संजालमा बिरोध गर्ने आदरणीय मित्रहरुलाई मेरो आग्रह छ , मैले त् गीत मात्र गाएको हु , गीत गलत हो भने नेपाल सरकारलाइ आग्रह गर्नुहोस , सबै तिरबाट गीतलाइ हटाउन लगाउनुहोस , सामाजिक संजाल \ Youtube सबै तिर बाट , अनि सरकारलाइ अनुरोध गर्नुहोस गीतलाइ सार्बजनिक रुपमा बहिस्कार गर्न लगाउनुहोस , त्यसपछि अर्को कुरा गरौला ।

हेर्नुहोस समिरले अस्ट्रेलियामा दिएको प्रस्तुति

प्रतिक्रिया