कर्णालीको समृद्धिमा रारातालको योगदान

प्रेमबहादुर शाही २०७५ मंसिर ९ गते १३:५६ मा प्रकाशित

मुगु जिल्ला जति भौगोलिक विकटा छ, त्यो भन्दा पनि सयौं गुणाले रारातालले प्रसिद्ध छ । त्यहि भएर राजा महेन्द्र बीरबिक्रम शाहले वि.स. २०२० मा आफ्नो शासनकालमा रारातालको भ्रमण गरेका थिए । ३.२ किलोमिटर चौडाई, १ सय ६७ मिटर गहिराई, अधिकतम ५ किलोमिटर लम्वाई र १०.८ किलोमिटर क्षेत्रफलमा फैलिएको रारातालले विहानी सूर्यकोे किरणसँगै फरक–फरक रङमा देखिन्छ । रारातालमा देखिने फरक रङसँगै रारातालको नाम पनि पटक–पटक फेरियो । रारातालमा पुग्ने जो कोही पर्यटनकले राराताललाई आफुलाई मन पर्ने शब्दको नामले परिचित गराउन खोज्छन् । अनुपम महत्व रहेको राराताललाई महेन्द्रले गरेको भ्रमणको समयमा राराताललाई ‘स्वर्गकी अप्सरा’ भनेर उपनाम दिए । राराताललाई पहिला ‘रारा दह’ भनिन्थ्यो । महेन्द्रको भ्रमर्णपछि राराताललाई ‘स्वर्गकी अप्सरा’ भन्दै ‘महेन्द्र ताल’ भन्न लगाए । रारातालको पहिचान मेटिने गरी ‘महेन्द्र ताल’ नाम राखिएपछि रारातालको नाम विवादीत बन्यो ।

नेपालका नवौं शाहवंशीय राजा महेन्द्रले रारातालको दुरगार्मी महत्वलाई बुझेर ‘महेन्द्र ताल’ नामले राराताललाई परिचित गराउने खोजेका थिए । पृथ्वीनारायण शाहपछिका सबै भन्दा स्वाभिमानी राष्ट्रवादी राष्ट्रनायक आफुलाई ठान्ने महेन्द्रले रारातालको महत्व नेपालको स्वाभिमासँग जोडिएको रारातालको ऐतिहासिक नामलाई मेट्दै महेन्द्रकीकरण गर्न खोज । जव महेन्द्रको शासनकाल समाप्त भएसँगै ‘महेन्द्र ताल’ को नाम हराउँदै गयो । पुर्नः ‘राराताल’ भन्ने गरियो । यसरी जति रारातालको नाम विवादीत बन्दै गयो, त्यति रारातालको नाम आम जनमानसको मन मस्तिष्कमा बस्न सफल भयो । महेन्द्रले राखेको ‘स्वर्गकी अप्सरा’ नामले रारातालको महत्व शिखरमा पुग्न सफल भयो । समुन्द्र सतहदेखि २ हजार ९ सय ७२ मिटरको उचाइमा रहेको राराताल नेपालको सवै भन्दा ठूलो ताललाई शिखरमा राखिराख्नको लागि कर्णाली प्रदेशको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पर्यटन वर्ष २०७५’ को राराको दिलबाट उद्घाटन गरे । त्यसैले अहिले रारातालको अध्ययन अवलोकन गर्ने पर्यटनको संख्या बढ्दै गएको छ । दैनिक २ हजारसम्म आन्तरीक तथा बाह्य पर्यटनहरु आउने गरेका छन । राराताललाई यो उचाईसम्म पु¥याउनमा महेन्द्रको देन भएपनि रारातालको इतिहास भेटाउँदै आफ्नो नामले राराताललाई परिचित गराउन खोज्नु महेन्द्रको मुर्खता थियो । रारातालको नामबाटै इ.स. १९७६ मा रारा राष्ट्रिय निकुञ्ज स्थापना गरियो । १०६ बर्ग किलोमिटर क्षेत्रफल ओगटेको निकुञ्जलाई रारातालले अहिलेसम्म ओझेलमा पारेको छ । कस्तुरी मृग, थार, भालु, बँदेल, कालिज, डाँफे लगाएका बन्यजन्तु रहेको निकुञ्जमा ग्रीष्म ऋतुमा रारातालको देखिने सुन्दरतासँगै विश्वमै नपाईने राम्रो हिमाली माछाले पर्यटनको जसरी मन जित्न सकेको छ, त्यसरी निकुञ्जले पर्यटनको मन जित्न सकेको छैन ।

रारातालले विदेशी पर्यटनको जति मन तान्नु पर्ने हो, त्यति विदेशी पर्यटनको मन तान्न नसकेपनि आन्तरिक र छिमेकी देशका पर्यटनको मन तान्न सफल छ । रारातालको रङ, वरिवरीको हरियो वन, रारातालबाट ३ घण्टाको पैदल यात्रापछि पुगिने मुर्माटपबाट रारातालको देखिने दृश्य, सिस्ने हिमाल, कान्जिरोवा हिमाल र सैपाल हिमालको श्रृङ्खला पर्यटनको पहिलो आकर्षणको केन्द्रविन्दु बन्छ । पर्यटनको लागि राराताल घुम्न जानको लागि उत्तम समय चैत्रदेखि जेष्ठसम्म र भदौदेखि कार्तिक सम्म हो । अन्य समयमा रारातालको भ्रमणको लागि उपयुक्त मानिदैन । पूर्वडोल्पा, पश्चिम बाजुरा, उत्तर हुम्ला र दक्षिणमा जुम्ला र कालिकोट जिल्लासँग सीमा जोडिएको मुगुको जेष्ठ देखि असोज महिनासम्म फूल्ने फूलहरुले राराताललाई ‘स्वर्गकी सजिएकी अप्सरा’ जस्तै दृश्ष्मा परिणात गरिदिन्छ । रारातालको यात्राको क्रममा नजिकबाट नियाल्ने सकिने छहारा र पहाराबाट निस्किएका पानीका सदावहार झरनाका मनोरम दृश्यले जीवनका सवै दुःख कष्टलाई विसाईदिन्छ । राराताल मुगु जिल्ला र कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थलमात्र नभई नेपालकै प्रमुख पर्यटकीय स्थल हो । यसको संरक्षण, प्रर्वद्धन र प्रचार–प्रसार गर्न सवैको दायित्व हो ।

 

देशको समृद्धिको लागी रारातालसम्म सहज रुपमा पर्यटनलाई पुग्नको लागि काहालिलाग्दो सडकको स्तरउन्नती गरी बाह्यै महिना धुलाम्वे र हिलाम्वे समस्याबाट मुक्त बनाउनु पर्छ । रारातालसम्म पर्यटनलाई पुग्नको लागि हवाईमार्ग भरपर्दा भएको पर्यटनलाई विश्वास दिलाउन सक्नु पर्छ । राराताल नजिक पर्यटनको लागि प्रयाप्त सेवा सुविधा सहितका होटल सञ्चालन गर्नु पर्छ । राराताललाई हेर्नको लागि पर्यटनको चाप जसरी बढ्दै गएको छ, त्यसरी नै सरकारले पर्यटनलाई सहज सेवा सुविधा उपलब्ध गराई राराताललाई अझै सुन्दर सफा बनाउनमा ध्यान दिनु पर्छ । रारातालको विषयमा जति बाहिर बुझेर आनन्दलिन सकिन्छ, त्यो भन्दा पनि आर्थिक, सामाजिक, राजनीतिक लगाएतका अत्यावश्यक सेवा सुविधाबाट वञ्चित भएका पीछडीएका मुगुका स्थानीयको समग्र क्षेत्रबाट माथि उठाउन स्थानीय, प्रदेश र संघीय सरकारले आ–आफ्नो क्षेत्रबाट लाग्नु पर्छ ।

लेखक :नेपाल पत्रकार महासंघ दैलेखका कोषाध्यक्ष हुन ।
सम्पर्क नम्बर : 9864732475
इमेल : –     [email protected]

प्रतिक्रिया