जो दुवै आँखा नदेखे पनि सगरमाथा चढ्दै छन्| (भिडियो सहित)

इनेप्लिज २०७५ मंसिर ८ गते २१:०९ मा प्रकाशित

बाग्लुङ सर्कुवाका दृष्टिविहीन अमित केसी यतिबेला सगरमाथा चढ्ने उद्देश्यमा छन् । ३२ वर्षको जिन्दगानीमा उनले धेरै सपना सजाए, ती सबै चानचुने सपनालाई सगरमाथा चढ्ने सपनाले पुड्को बनाइदिएको छ ।

अमेरिकी नागरिक क्लेफ नेपाल आउँदा फरक क्षमता भएका मानिसहरुलाई आत्मबल र हौसला भर्न तालिम दिने इच्छा देखाएका थिए । उनी थिए, सगरमाथामा पहिलो दृष्टिविहीन पुग्ने देश अमेरिकाको कोलोराडो राज्यका नागरिक । सानातिना हिमाल चढेका र टे्रकिङमा रुचि राख्ने उनी रक क्लाइम्बिङका टे्रनर रहेछन् ।

अमितका साथी खमराज शर्मासँगको भेटमा क्लेफले आफू दृष्टिविहीनले सगरमाथा चढेको देशको नागरिक हुनुको नाताले नेपाली दृष्टिविहीनलाई पनि केही अनुभव दिलाउन चाहने कुरा गरे ।

त्यसै अनुसार पोखरामा रक क्लाइम्बिङको टे्रनिङ आयोजना भयो । तालिममा अमितसहित ४०/४२ जना दृष्टिविहीन सहभागी थिए ।

दुई हिमालको सफल आरोहण

यसअघि दुई हिमालको सफल आरोहण गरिसकेका छन् उनले। ६ हजार १ सय ८६ मिटर अग्लो आइसल्यान्ड पिक र ६ हजार ६ सय ५४ मिटर अग्लो मेरापिक उनले आरोहण गरिसकेका हिमाल हुन्। ०७२ को शुरु र अन्त्यमा यी दुई हिमालको आरोहण गरेका अमिटलाई यसको अनुभवले पनि सगरमाथामा सफलता पाइन्छ भन्ने पूर्ण विश्वास छ।

प्रतिक्रिया