विश्वभर रहेका नेपालीहरु माझमा उनी लोकप्रिय बन्न सफल बनेकी छिन् । उनले काठमाडौँ आएर विष्णु माझि, मनीष लिम्बु र देवी घर्ती मगरजस्ता गायक गायिकालाई भेट्ने मौका पाएकी थिइन्। उनलाई भेट्दा गायिका घर्तिले पछि गएर राम्रो गायिका बन्ने बताएकी थिइन्। उनको भविष्यमा समाजसेवी र गायिका बन्ने सपना रहेको छ।
भाईरल पूजा देवकोटालाई अहिले विभिन्न संचार माध्यममा अन्तर्वाता दिन भ्याईनभ्याई छ। पूजाले अन्तर्वार्ताहरुमा आफ्ना बुबा चार वर्षदेखि हराएको कुरा पनि बताएकी छिन् । उनले पिएनपिखबरको कुराकानीको क्रममा गीत गाउँदै आफ्नो बाबालाई फर्किएर आउन अनुरोध गरेकी छिन्। उनलाई हराएको बुबा आफ्नो भिडियो कतैबाट हेरेर फर्किएर आउने ठुलो आश रहेको छ।
प्रतिक्रिया