लाखौँले गरे गंगास्नान

सञ्जय साह मित्र २०७५ मंसिर ७ गते ११:०८ मा प्रकाशित

रौतहटको सर्लाहीमा लाखौँले स्नान गरेका छन् । कात्तिक पूर्णिमाको रातमा गंगास्नान गर्ने चलन छ । रातभरि गंगा किनारमा बसेर गंगासेवन गरी बिहानपख नुहाउनुलाई गंगास्नान भनिन्छ । महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सासमेतका लाखौँ नरनारी बागमती नदीमा नुहाएका छन् । कात्तिक पूर्णिमामा सूर्यादयपूर्व नै गंगास्नान गरेमा एक वर्षको सम्पूर्ण पापबाट मुक्ति पाइने हिन्दू धर्मदर्शनहरुमा विश्वास गरिएको छ । बागमती नदीको नूनथर, कर्मैया, विश्रामपुर, रमौली, समनपुर, लक्ष्मीपुर, धर्मपुर, बखरी, सिङारमन, माधोपुर, गंगापिपरालगायत सम्पूर्ण घाटमा गरी लाखौँले स्नान गरेका छन् । बागमती नदीमा पुग्न नपाएकाहरु स्थानीय अन्य नदीहरुमा पनि स्नान गरेका छन् ।

नुहाउन सजिलोको लागि सर्लाही र रौतहटको साँध बागमती कर्मैया तथा रौतहटको झाँझपुलमा वर्षेनी ठूलो मेला लाग्ने गर्दछ ।
मेला भर्न पनि हजारौँ मानिस पुगेका थिए ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया