‘हे भगवान्, हाम्रो छोरालाई बचाइदेऊ’ भन्दै आमा-बुवा रुदै आए मिडियामा, घरमा हुन्छ रातभरि रुवाबासी…(हेर्नुहोस् भिडियो)
दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ४ का विनोद कार्की, जो जन्मजात नै एच.डी. ‘Hirshsprung’s Disease’ रोगसँग लडिरहेका छन् । उनी अहिले १९ वर्षका भए । तर अहिलेसम्म विनोदको आर्थिक अभावका कारण पूर्ण रुपमा उपचार हुन सकेको छैन । उपचार गर्दै जाँदा अहिलेसम्ममा २० लाखको हाराहारीमा खर्च भइसकेको विनोदको बुबा बालकुमार कार्की दुखेसो छ ।
अझैं पनि छोरा विनोदको पूर्ण रुपमा उपचार गर्नका लागि भारतको गंगाराम अस्पताल लैजान त्रि.वि. शिक्षण अस्पतालका डाक्टरहरुले सल्लाह दिइरहेका छन् । विनोदका बुबा बालकुमार कार्कीले आफ्नो छोराको उपचारको लागि भारतको गंगाराम अस्पताल लैजानका लागि पनि तयार छन्, तर उनिसँग उपचार गराउनका लागि आर्थिक अवस्था बलियो नभएकाले सहयोगी मनहरुलाई सहयोगको अपिल गरेका छन् ।
बिनोदका बुबाले भने, ‘‘छोराको उपचारको लागि गंगाराम अस्पताल लैजान २०/२२ लाख लाग्ने डाक्टरहरुले बताएका छन् । पछिल्लो समयमा आएर खान लाउनका लागि नै धौधौं परिरहेको समयमा कहाँबाट त्यत्रो ठुलो रकम ल्याउनु ? आफूसँग भएको सबै छोराकै उपचारमा खर्च भइसक्यो ।’’ उनले थपे, ‘‘यस्तो रोग कसैलाई पनि नलागोस् । मेरो छोराको बचाउको लागि सबै सहयोगी मनलाई सहयोगको अपिल गर्दछु ।’’हे भगवान्, हाम्रो छोरालाई बचाइदेऊ’ भन्दै आमा-बुवा रुदै आए मिडियामा, घरमा हुन्छ रातभरि रुवाबासी….हेर्नुहोस् भिडियो.
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया