गायक अमित बावु रोकाया र गायिका जमुना श्रीपालीको आवाजमा ”दुखी जिवन ” हेर्नुहोस भिडियो सहित

इनेप्लिज २०७५ मंसिर ५ गते ११:५० मा प्रकाशित
नेपाली गीत संगीतको क्षेत्रमा निकै उत्कृष्ट गीत दर्शक तथा स्रोता माझमा ल्याउदै आएका गायक अमित बावु रोकाया र गायिका जमुना श्रीपालीको  आवाजमा रहेको ”दुखी जिवन ” गीतको भिडियो बजारमा आएको छ ।
मानिसको जिवनमा आइपर्ने सुखका क्षण र दुखका क्षणलाई गीतमा समेटिएको छ । आफुलाई माया गर्ने मायालुले सदाका लागी छोड्दा प्रेमि निकै दुखी भएका छन ।
सुमन ढकालको शब्द तथा मौलिक लय सिर्जनमा गीत तयार गरिएको छ । जस्तो अवस्थामा भएपनी मानिसको पिडालाई भुलेर परिवर्तित अवस्था अनुसार जिउनको लागी गीतमा सन्देश दिएको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन  र पुष्कल र आयुष्मा को अभिनय गीतको भिडियोमा रहेको छ ।

प्रतिक्रिया