बिहीबार, साउन २६ २०७९
काठमाडौं ०९:१५
वासिङटन डिसी 23:30

गायक भुपेन्द्र जिसी को आवाजमा ”प्रेम रोग ” हेर्नुहोस भिडियो सहित

इनेप्लिज २०७५ मंसिर ५ गते ११:४१ मा प्रकाशित
नेपाली गीत संगीतको क्षेत्रमा निकै उत्कृष्ट गीत संगीत ल्याउदै आएको प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक भुपेन्द्र जिसी र गायिका पुर्णकला विसीको आवाजमा ”प्रेम रोग  ” गीतको भिडियो बजारमा आएको छ ।
प्रेम मा परेका मायालु जोडीको पिडालाई गीतमा समेटिएको छ । आफुले माया गरेको प्रेमीले माया नगर्दा मायामा पागल बनेकी प्रेमिकाले गीतमा आफनो पिडालाई गीतको माध्यम मार्फत गाएकी छन । जिवनमा आउने पिडालाई गीतमा समेटिएको छ ।
मायालुको यादमा नै अन्तिम सास फेरेको कुरा गायक भुपेन्द्रले गरेका छन । भविन्द्र लम्सालको शब्द तथा भुपेन्द्र जिसीको लय सिर्जनामा गीत तयार गरिएको छ । मुकेश हुमागाइँको छायाँकन , अविनास डिसीको सम्पादन  र बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।  ”प्रेम रोग  ” गीतमा गीतको भाव अनुसारको सारिका केसी र दिपक केसीको अभिनय रहेको छ ।

प्रतिक्रिया