यसरी शुरु भएको थियो महन्थ ठाकुरको दिनगन्ती, यस्ता छन् अभियोग
काठमाडौं, ५ मंसिर । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आफ्ना संयोजक महन्थ ठाकुरलाई एक दर्जन आरोपहरू लगाएर हटाएको खुलासा भएको छ ।
मंगलबार काठमाडौंको बबरमहलस्थित पार्टी मुख्यालयमा बसेको अध्यक्षमण्डलको बैठकले ठाकुरलाई संयोजकबाट हटाउने निर्णय गरेको हो । पार्टीको विधानअनुसार र पार्टी एकीकरण गर्ने बेलाको सहमतिलाई टेकेर दोस्रो वरीयताका नेता राजेन्द्र महतोलाई राजपाको संयोजकको जिम्मेवारी दिइएको छ ।
राजपाको अध्यक्षमण्डलका सदस्य महिन्द्र राय यादवले महन्थ ठाकुर जातिवाद, व्यक्तिवादी, नातागोता, पार्टीलाई हराउन निर्वाचनमा सक्रिय भएका व्यक्ति काखी च्याप्ने प्रवृत्ति देखाएका कारण बाध्य भएर हटाउनु परेको बताए ।
‘महन्थ ठाकुरको व्यक्तिका बारेमा मलाई केही भन्नु छैन । उहाँ सम्मानित व्यक्ति हो’, उनले भने, ‘उहाँ नातागोता, जात र परिवारभन्दा बाहिर आउन सक्नु भएन । उहाँको सोँचमा नै समस्या देखियो ।’
नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले भने, ‘राजपा अब एउटा जात र समुदायका लागि मात्रै बस्न सक्दैन । राष्ट्रिय स्वरुप र चरित्रलाई बोक्नुपर्छ । तर, महन्थ ठाकुरजीमा त्यो स्वरुप नदेखिएपछि हटाएका हौँ ।’
संयोजक ठाकुरले राजपालाई आफ्नो पुरानो पार्टी तमलोपा जस्तै गरेर चलाउन खोजेको यादवले आरोप लगाए । पार्टीलाई हराउनेलाई महामन्त्री नियुक्ति गरिएको भन्दै यादवले भने, ‘विधि, प्रक्रिया नमान्ने । भ्रष्टाचारमा लागेको र पार्टीका नेतालाई हराउन भूमिका खेलेकालाई महामन्त्रीमा नियुक्ति गरियो ।’ संयोजक ठाकुरले दुई पटकसम्म आफ्नै सम्धीलाई नियुक्ति गरेर नेता कार्यकर्ताको अपमान गरेको उनले आरोप लगाए ।
‘विधान र पूर्वसहमति अनुसार राजकिशोर यादवलाई पनि महन्थ ठाकुरले संयोजक मान्नुपर्छ’, उनले भने, ‘जातीय पार्टी बनाउन हामीले दिएनौँ । महन्थ ठाकुरजी एकलकाटे नेता हो । उहाँले आफ्नो जाती र परिवारको लागि मात्रै काम गर्नुभयो । राष्ट्रिय नेता बन्न सक्नुभएन ।’
महन्थ ठाकुरले पार्टी विभाजन गरेर जान सक्नु हुन्छ नि ? भन्ने प्रश्नको जवाफमा नेता यादवले भने, ‘उहाँ सम्मानित व्यक्ति हो । संयोजक भएर पार्टी चलाउन सक्नु भएन । उहाँका पनि नेता कार्यकर्ता छन् । तर उहाँ पार्टी विभाजन गर्नु हुन्न ।’
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया