सोमबार, असोज ११ २०७८
काठमाडौं ०४:२५
वासिङटन डिसी 18:40

रमेश र सहिमाको नक्कली सार्बजनिक(भिडियो सहित)

सुर्य चन्द २०७५ मंसिर ४ गते १२:१७ मा प्रकाशित

काठमाडौँ : चर्चित गायिका सहिमा श्रेष्ठ तथा गायक रमेश श्रेष्ठ मेलोडीको नया गित “नक्कली” को म्युजिक भिडियो सार्बजनिक भएको छ l दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका गायिका सहिमा र गायक रमेशको सुमधुर आवाजको डान्सिङ बिटमा रहेको “नक्कली” भर्खरै मात्र युट्युब मार्फत सार्बजनिक भएको हो l

चर्चित गीतकार अम्बिका गुरुङको शब्द तथा गायक रमेश श्रेष्ठ मेलोडिको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई बासु न्यौपाने र  अभिनाश महर्जनले छायांकन गरेका छन् भने कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीले गरेका छन् l म्युजिक भिडियोमा नबिन आरुसी र राहुलको दमदार नृत्य तथा अभिनय देख्न सकिन्छ l

भिडियो हेर्नुहोस

प्रतिक्रिया