स्थानीय तहको नाम र केन्द्र परिवर्तन

इनेप्लिज २०७५ मंसिर ४ गते ११:२५ मा प्रकाशित

काठमाडौँ, मङ्सिर ४ गते । अहिलेसम्म ९३ स्थानीय तहले आफ्नो नाम र केन्द्र परिवर्तन गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ अनुसार स्थानीय तहले आफ्नो नाम र केन्द्र परिवर्तन गर्न सक्ने व्यवस्था छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिशमा मन्त्रिपरिषद् बैठकले ती स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीमध्ये १९ स्थानीय तहको नाम, ५५ स्थानीय तहको केन्द्रको नाम परिवर्तन एवं नाम तथा केन्द्र दुवै २० स्थानीय तहको परिवर्तन गरिएका छन् । गाउँ÷ नगरसभाको बैठकले नाम र केन्द्र परिवर्तन गर्नका लागि दुई तिहाइले पारित गरेको प्रस्ताव प्रदेश सरकारसमक्ष पेश गर्नुपर्छ । यसरी पेश गरिएको नाम र केन्द्र परिवर्तनका लागि प्रदेश सरकारले सङ्घीय मामिला मन्त्रालयमा पठाउने गर्छ ।

मन्त्रालयले नाम र केन्द्र परिवर्तन गर्न चाहने स्थानीय तहको प्रक्रियाबारे अध्ययन गरेर मन्त्रिपरिषद् कार्यालयमा पठाउँछ । प्रवक्ता अधिकारीले नाम र केन्द्र परिवर्तन गर्नका लागि निवेदन पेश गरेका ५० स्थानीय तहको थप आवश्यक कागजात मगाइएको बताउनुभयो । “कतिपय स्थानीय तहले प्रक्रिया नै नपु¥याई नाम र केन्द्र परिवर्तन गर्नका लागि निवेदन दिएका छन्”, उहाँले भन्नुभयो, “त्यस्ता स्थानीय तहलाई प्रक्रिया पु¥याएर पुनः कागजात मगाइएको छ ।” मन्त्रालयले चार स्थानीय तहको नाम परिवर्तन गर्नका लागि मन्त्रिपरिषद् बैठकमा पेश गरेको छ ।

प्रतिक्रिया