आइतबार, माघ ९ २०७८
काठमाडौं ०९:००
वासिङटन डिसी 22:15

सरकारी वकिल अख्तियारको फन्दामा

इनेप्लिज २०७५ मंसिर ४ गते ११:०२ मा प्रकाशित

भैरहवा, मङ्सिर ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीबाट जिल्ला न्यायाधिवक्ता कोषहरि निरौलालाई मङ्गलबार सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

मङ्गलबार बिहान ११ बजे सरकारी वकिलको कार्यालयमा सेवाग्राहीसँग ८० हजार रुपैयाँ लिएर गनिरहेका बेला सेवाग्राहीको सूचनाका आधारमा पुगेको आयोगको टोलीले उहाँलाई पक्राउ गरेको हो ।
आयोगको कार्यालयले अनुसन्धान भइरहेकाले थप जानकारी दिन नमिल्ने बताएको छ ।

प्रतिक्रिया