बिहीबार, भदौ २ २०७९
काठमाडौं १६:१२
वासिङटन डिसी 06:27

रुपेश बस्नेत र मोनिका लामाको अभिनयमा “ नरिसाइ दिनु ” भिडियो सहित )

इनेप्लिज २०७५ मंसिर ३ गते १२:२९ मा प्रकाशित

गायक राम बहादुर बाडेको सुमधुर स्वरमा रहेका “ नरिसाइ दिनु ” बोलको गीतको  म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्जिव बाडेको शब्द तथा राम बहादुर बाडेको गीतमा संगीत रहेको छ । निकै मर्म स्पर्शी गीतमा प्रेम र विछोड अवस्थालाई कुशल रुपमा समेटिएको छ । प्रियसीको सिउदो भर्नको लागी गायक निकै आतुर भएपनि प्रेमिकाले छोडदा नशाको साहरामा पुग्न बाध्य भएको कुरा गीतमा समेटिएको छ । जनक राज अधिकारीको छायाँकन , गोविन्द स्मिथको सम्पादन , मन्टीको निर्देशन भिडियोमा रहेको छ । “ नरिसाइ दिनु ” गीतमा शुशिल बस्नेत , रुपेश बस्नेत र मोनिका लामाको अभिनय निकै आकर्षक रहेको छ । गीतको भिडियोलाई जेसिका इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो ।

प्रतिक्रिया