थामिएन अामा, त्रीमती र दिदिको आँशु,प्रचण्डले यसरी समाले त्रीमती सितालाई

इनेप्लिज २०७५ मंसिर ३ गते १२:१६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छोरा प्रकाशको पहिलो स्मृति सभामा भक्कानिएका छन् । ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आफ्ना एक्ला छोरा प्रकाशको पहिलो स्मृति सभामा बोलिरहँदा दाहाल गहँभरी आँशु झार्दैं भक्कानिएका हुन् ।

उनले एक वर्षअघि छोराको निधन हुँदा पार्टी सम्हाल्ने कि घर सम्हाल्ने भन्ने स्थिति आएको तर सिंगो राष्ट्र र सबैको सहयोगमा आफू दुवै सम्हाल्न सफल भएको पनि स्मरण गराए । अध्यक्ष दाहाल ‘छोराको असमायिक निधन भएको’ भनिरहँदा भक्कानिएका थिए । उनले प्रधानमन्त्री केपी ओलीले सम्हालिन गरेको आग्रहलाई स्मरण गर्दै शोकलाई शक्तिमा बदलेर राष्ट्रहितको लागि निरन्तर लागि रहने प्रण पनि गरे ।

त्यसअवसरमा अध्यक्ष दाहालले देश, जनता र पार्टी नेता तथा कार्यकर्ताहरुले साथ नदिएको भए आफ्नो परिवार विघटन हुनसक्थ्यो भनिरहँदा सभा स्तब्ध भएको थियो । उनले परिपक्व हुँदै गएका छोरा प्रकाशको असमायिक निधनले ठूलो क्षति पुगेको पनि उल्लेख गरे ।

कार्यक्रममा दाहालसँगै रहेकी पत्नी सिता सभाभर भावविह्वल अवस्थामा रहेकी थिइन् । मञ्चमा रहेकी सितालाई छोरीहरुले सम्हाल्नु परेको थियो । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, सांसदहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया