‘ड्रिम गर्ल’ मंसिर ७ गतेदेखि देशभरि रिलिज हुँदै

इनेप्लिज २०७५ मंसिर ३ गते १०:२६ मा प्रकाशित

काठमाडौं । निर्देशक ऋषिराज आचार्यद्वारा निर्देशन गरिएको ‘ड्रिम गर्ल’ मंसिर पहिलो साता रिलिज हुने भएको छ । मंसिर ७ गते देशभरि प्रदर्शन हुन लागेको छ ।

प्रेमकथामा ‘ड्रिम गर्ल’को कथा र निर्माण स्वयं निर्देशन आचार्यले गरेका हुन् । ‘ड्रिम गर्ल’ पूर्ण मनोरञ्जनात्मक फिल्म हो । फिल्मको प्रचार प्रसार व्यापक रुपमा गरिएको छ ।

‘सपना तिम्रो मेरो’ र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ जस्ता फिल्म बनाएका निर्देशक आचार्यले ‘ड्रिम गर्ल’को लामो तयारी पछि निर्माण गरिएको हो । फिल्ममा दुई करोडभन्दा बढी लगानी लागेको छ ।

फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सन बिक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डित लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया