कमल राईको “माया गर्छु” सार्बजनिक ..देव शर्मा मेरो सिर्जना देखि माया गर्छु सम्म ..

इनेप्लिज २०७५ मंसिर १ गते १९:२३ मा प्रकाशित

नेपालबाट करिबन एक दशक् अघि अमेरिका पुनर्बास भएका कमल राईले आफ्नो शब्द, संगीत र स्वरमा माया गर्छु नामक गीत सार्बजनिक गरेका छन् | “माया गर्छु” – कमल राईको पहिलो गीत पनि हो, उनले धेरै गीत रेकोर्ड गरे पनि म्युसिक भिडियो बनेर आएको भने यो पहिलो गीत हो | कमलले यसको छायांकन पनि आफै गरेका छन् | माया गर्छु रिदम स्क्रिन क्रिएसनको ब्यानरमा सर्बनाजिक भएको हो|

“माया गर्छु”मा जोडिएको अर्को नाम हो देव शर्मा | ओएस नेपालमा “मेरो सिर्जना” संचालन गर्दै, विभिन्न अन्तरवार्ता लिदै र सडक मेडियालाई सम्हाल्दै आएका देवको फरक रुप एक रुचिको विषय पनि बनेको छ | समाज, संगीत र साहित्यलाई सानै देखि मनमा राखेको तर अमेरिकाको बसाइ पछि मात्र राम्रो अवसर मिलेको उनले हामीलाई जनाए |

यसरीनै धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडल सुनिशा छेत्रीले माया गर्छुमा अभिनय गरेकी छिन | यसको छायांकन अमेरिकाको कोलोराडोमा भएको हो| यसको छायांकनमा कलाकार सरन गुरुङको पनि विशेष भूमिका थियो भने व्यवस्थापनमा कलाकार भुवन रनपल, गायक शिव माप्छन र सुदिर राईले साथ दिएका थिए |

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नु होला | शेयर गरेर सहयोग गर्नु होला |

प्रतिक्रिया