बाबु बोगटीको “ “नेपाली भाषी भुटानी “ को कथा ब्यथाको मार्मिक गीत

इनेप्लिज २०७५ कार्तिक ३० गते ३:०० मा प्रकाशित

बाबु बोगटीले “ “नेपाली भाषी भुटानी “ को कथा ब्यथाको मार्मिक गीत ल्याएका छन् । नेपालमा शरणार्थी जीवन बिताएका र हाल यूरोप अमेरिकामा जिवन बिताईरहेका भूटानी समाजको यथार्थबादी गीतको भिडियो मार्फत आफ्नै आधिकारिक च्यानल मार्फत बाबु बोगटी आफ्नो नयाँ गीत बजारमा ल्याएका छन्

शब्द, संगित तथा स्वर बाबु बोगटी को रहेको छ भने गीतलाई मोहित मुनालले प्रबन्ध गरेका छन् र राजेश शाहले लिरिकल(काव्यात्मक )श्रब्य दृश्य( भिडियो)तयार पारेका छन् !

बोगटीले बाल्यकाल देखिनै भुटानी समुदाय सँग नजिक रहेको बताएका छन् । धेरै साथीहरू र उनि पढ्ने बिद्यालयमा पनि धेरै शिक्षकहरू भुटानी थिए र त्यसैले भुटान रँहदा देखि अमेरिका यूरोप यात्रा सम्मको जिवन संघर्ष केही बुझेकोले यो गित बनाएको बताएका छन् ।

गीतमा पुर्खा को निशानी कहिलै नभुल्ने,र नेपाल रहँदाको भोगाई र जहाँ भए पनि आफ्नो कला संस्कृति र भाषा नभुल्ने र यो नमिठो ईतिहास भोलीको संन्ततीले समेत नभुल्ने कुरालाई गीत मार्फत प्रस्तुत गरिएको छ ।

 

प्रतिक्रिया