दिर्गे परियार भन्छन् यो जुनीमा अपाङ्ग भए पनि अर्को जुनीमा त सपाङ्ग नै हुन्छु

इनेप्लिज २०७५ कार्तिक २६ गते २:३९ मा प्रकाशित
पर्यटकीय नगरि पोखराको तालबाराही मन्दीर दर्शन गर्न जाने धेरैले याद गर्नुभएको होला बाराहीघाटमा एक जना व्यक्ति संधै एकै ठाउँमा माग्न बसीरहेको देखिन्छ । बाग्लुङ जिल्ला जैदीका ३३ वर्षिय दिर्गे परियार विगत ८ वर्ष देखि त्यहि ठाउँमा माग्न बसीरहेका छन् ।
जन्मदै अपाङग शरीर लिएर जन्मिएका उनी २ वर्षको नपुग्दै बा आमाले छाडेपछि भिख मागेर आफ्नो जिवन बिताईरहेको बताउछन् । उनि हिडडुल गर्न सक्दैनन् । ह्वील चियरमा राखेर उनका मामाले उनलाई संधै बाराही मन्दिर अगाडी ल्याउने लैजाने गर्छन् ।
उनी भिख माग्नैको लागि बाग्लुङ कालिका देवघाट लगायतका धेरै ठाउँमा पुगे तर तालबाराही अघि उनलाई उपयुक्त ठाउँ बन्यो र अहिलेपनि त्यहि बसीरहेका छन् ।

प्रतिक्रिया