सरकारलाई दिएको समर्थन छिटै फिर्ता : राजपा नेता झा

इनेप्लिज २०७५ कार्तिक २२ गते ११:५० मा प्रकाशित

राजपा नेपालका अध्यक्ष मन्डलका सदस्य अनीलकुमार झाले राजपाले सरकारलाई दिएको समर्थन छिटै फिर्ता लिने बताएका छन् । दीपावली, नेपाल सम्वत तथा छठको अवसरमा रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राजपा नेता झाले सरकारले संविधान संशोधनतर्फ चासो नदेखाएकोले मधेस आन्दोलनका मागहरु सम्बोधन गराउन आन्दोलन गर्नुपर्ने हुँदा पहिले सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी गराएका छन् ।

छठभन्दा पहिले नै वा छठ लगत्तै राजपा अध्यक्ष मन्डलको बैठक बसी नेकपाको संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने नेता झाले स्पष्ट पारेका छन् । राजपा नेपालले महाधिवेशन बैसाखमा गर्नै पर्ने भएकोले एकातिर मधेस आन्दोलनको रक्षा गर्नुपर्ने र अर्कोतिर पार्टी महाधिवेशनको तयारी गर्नुपर्ने दोहोरो दायित्वबाट गुज्रनु परेको नेता झाले बताएका छन् ।

कार्यक्रममा प्रदे राज्यमन्त्री डा. डिम्पल झाले प्रदेश सरकारलाई केन्द्रले कागजमा अधिकार दिएको तर साँचो आफैँले राखेकोले देशभरका प्रदेश सरकारहरुले गति लिन नसकेको आरोप लगाएका छन् ।

(पत्रकार सम्मेलनमा राजपा नेता अनीलकुमार झा र प्रदेश राज्यमन्त्री डा. डिम्पल झा)

प्रतिक्रिया