आगलागीबाट सुकुम्बासीकै घर खरानी

इनेप्लिज २०७५ कार्तिक २२ गते ११:४५ मा प्रकाशित

गए राति रौतहट सदरमुकाम गौर नपा ५ मा एकजना सुकुम्बासीको घरमा आगो लागेर खरानी भएको छ । आफ्नो जग्गा जमिन केही पनि नभएको तथा अर्काको जमिनमा छाप्रो बनाएर बस्दै आएका इस्लाम हुसैन देवानको घरमा बुधवार राति ११ बजे आगलगी भएको हो । आगलागीबाट दुईवटा बाख्रा जलेर मरेका छन् भने घरभित्र रहेका सम्पूर्ण सामान नष्ट भएको छ । मध्यरातमा प्रहरीको सहयोगले मुस्किलले आगोमाथि नियन्त्रण पाउन सकेको स्थानीयले बताएका छन् । इस्लामले घरबाट कुनै पनि सामान बचाउन नसकेकाले उनी सम्पूर्ण रुपसे सुकुम्बासी बनेका छन् ।

गौर नगरपालिकाका मेयर अजय गुप्ताले घरबारविहीन परिवारलाई पुनस्र्थापना गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया