कलाकार बिमलेश अधिकारी द्वारा अमेरिकामा निर्देशित ” यो मन जलेको छ ” भिडियो सार्बजनिक

इनेप्लिज २०७५ कार्तिक २१ गते २२:०६ मा प्रकाशित

कलाकार बिमलेश अधिकारी द्वारा प्रथम निर्देशित अमेरिकामा निर्देशित ” यो मन जलेको छ ” भिडियो सार्बजनिक भएको छ । अमेरिका आए पछि कलाकार अधिकारीले पहिलो पटक निर्देशन गरिएको उक्त भिडियो गत अक्टोबर ३१ तारिखका दिन सार्बजनिक गरिएको हो ।

उक्त नया नेपाली गीत “यो मन को जित ” को छायाँकन अमेरिका मै भएको हो भने उक्त श्रब्य दृश्य ( भिडियो)कलाकारहरुमा अरुणिमा लम्साल तथा अमेरिका मै बसोबास गर्ने डाईमण्ड थापाको अभिनय रहेको छ ।

निर्देशक अधिकारीले पहिलो पटक निर्देशन गरिएको उक्त भिडियो आफूले सक्दो प्रयास गरेको र सबैले प्रतिक्रिया ,सल्लाह र सुझाव दिन समेत अनुरोध गरेका छन् । साथै हामी कलाकारहरुलाई र हामीले गरेको काममा हौसला पाउने समेत अपेक्षा गरेको उनले बताएका छन् ।

साथै नायिका अरुणिमा लम्सालले पनि आफू भित्र रहेको कला कहिले नमर्ने बताइन । जहा रहेता पनि नेपाली कला र संस्कृतिलाई जगेर्ना तथा सम्बर्द्धन गर्न आफू कहिले पछि नपर्ने बताइन ।

स्वर तथा सङ्गीत तह कमल रसाइलीको रहेको छ भने शब्द तथा निर्माता डाईमण्ड थापाले गरेका हुन् ।

श्रब्य दृश्य (भिडियो हेर्ने ) यहाँ थिच्नु होस् :

प्रतिक्रिया