अशोक दर्जी र टंक बुढाथोकीले गाएको बहु चर्चित गीत ‘मन बिनाको धन’ को कभर गीत युट्युबमा आएको छ । अमेरिकामा जन्मेका नेपाली मुलका अर्पण अर्यालले उक्त गीतको कभर गरेका हुन् । उक्त गीतमा उनलाई उनकै पिताले साथ् दिएका छन् ।
अमेरिका र क्यानाडाका विभिन्न रमणीय स्थानहरुमा खिचिएको उक्त कभर गीतको म्युजिक भिडियो पनि निकै आकर्षक रहेको छ । विदेशमा जन्मेर पनि नेपाली गीत संगीत प्रति उनको माया र परिवारको साथलाई सलाम दिनै पर्छ ।
विदेशमा जन्मेका नेपाली मुलका बच्चाहरुले नेपाली बोल्दा मात्रै खुशी हुनुपर्ने अवस्थामा उनले यो गीत गाएर सबैलाई चकित परेका छन्।
भिडियो हेर्नुहोस :
प्रतिक्रिया