गीतकार घिमिरेको तिहार सम्बन्धी म्युजिक भिडियो सार्वजनिक
“वषन्तले कोल्टे फेर्यो सम्झनामा बाकि रह्यो
चोखो मिठो बाला पन छुट्यो आज कहा गयो
दियों बाली माला उनि सजाए है मैले
दिदी बहिनी बाटो हेर्छन भाई आउछ कैले”
अमेरिका। गीतकार दुर्गा खनाल घिमिरेकोे तिहार सम्बन्धि नयाँ गीत तथा म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । नेपालीहरुको महान पर्व दिपावलीको पूर्व सन्ध्यामा सार्वजनिक देउसी गितमा शब्द दुर्गा खनाल घिमिरेको रहेको छ । हेम लामाको संगीत मा प्रताप दास र मिलन नेवार आमात्य को स्वर दिएका छन । म्युजिक भिडियोको निर्देशन दीपक राज घिमिरे गरेका छन् । शंकर वि सी नृत्य निर्देशक रहेको भिडियोमा शंकर वि सी र जानुका कडेल, विक्की पुलामी मगर को अभिनय रहेको छ र भने बाल कलाकार दिरोन घिमिरे र दृष्टि घिमिरे छन ।अमेरिकाको न्युयोर्क मा छायाँकन गरिएको देउसी गीतको म्युजिक भिडियोमा बिदेशमा काम गर्दा नेपालीहरुले घरमा महानपर्वमा पनि उपस्थीत हुन नस्कदाको पिडालाई समेटिएको छ ।
लामो समयदेखि अमेरिकामा बसोबास गदै आएकी घिमिरेले लेखेको देउसी गीतको स्वर संगीत र शब्दमा जति मिठास छ परम्परागत नेपाली देउसी गीतको मौलिकतालाई कायम राख्न भिडियोमा पनि उत्तिकै मेहनत गरेको देखिन्छ । प्रवासमा छायांकन गरिएको भिडियो भएता पनि ठेट नेपाली परिवेशलाई प्रस्तुत गरिएको छ । कलाकार भेषभुषा देखि छायांकन स्थलको सजावटले समेत नेपालको झल्को मेटाउने छ ।
नेपालहरु बिश्वको जुनसुकै कुनामा रहेको भएपनि नेपाली संस्कृतिलाई जोगाउन र त्यसको संरक्षणमा लागेकाको प्रयास स्वरुपनै यो देउसी गीत बजारमा आएको हो ,डी फोर क्रियशनले बजारमा ल्याएको छ ।
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया